News

सुत्ने बेलामा सुपा देउरालीको दर्शन गरि सुत्नु होला ! हर मनोकामना पुरा होओस्

सुपा देउराली झण्डै ४,५०० फिटको उचाइमा अवस्थित अर्घाखाँची जिल्लाको मध्यभागमा अवस्थित देवीस्थल हो। त्यस मार्गमा आवतजावत गर्ने धर्मात्माहरूको इच्छा पूरा गराइदिने सुपादेवी स्थानीय क्षेत्रमा आस्थाकी प्रतीक मानिन्छिन्। सन्धिखर्क गोरुसिङ्गे राजमार्गस्थित सुपाखोलाको पश्चिम पाउमा अवस्थित छ यो देवी मन्दिर। नरपानी र फलामे दुवै अग्ला महाभारतको बीच अधिक उचाइको भञ्ज्याङमा अवस्थित सुपा मन्दिर कहालीलाग्दो भीमकाय खोंचमा रहेको छ।

सयौं फिटमाथिबाट मन्दिरको पूर्वमा खस्ने सुपा खोलाको आकर्षक प्राकृतिक छाँगोले प्रत्येक यात्रुको मन लोभ्याउँछ। तराइको सिरसिरे हावा यही सुपाको छेंडो भएर निरन्तर हिमालतर्फ बतासिने भएकोले सुपा देउराली सदावहार उच्च शिखर मानिन्छ। दुईटा फूल र ढुङ्गो चढाएर देउरालीप्रतिको सद्भाव दर्शाउने बटुवाहरूको सनातन परम्परा अक्षरस छ। सुपा देउरालीपारिको राष्ट्रिय योजनामा सूचीकृत सिमेण्ट उद्योगको घाउले सुपाको महिमा जिल्ला, अञ्चल, केन्द्र हुँदै भारतसम्म उजागर छ।

यस प्रसिद्ध धार्मिक मन्दिरको स्थापना कहिले र कसरी भयो भन्ने सान्दर्भमा विभिन्न किम्वदन्तिहरूका आधार र पहरामा लाहुरे टाँसिएको, भगवान रामकी पत्नि सिताले बनाएको चुलो, जाँतो आदीका शिलाहरूबाट त्रेता युग देखि नै यहाँ शक्ति थियो भन्न सकिन्छ । पछि आएर बाइसे चौबिसे राज्यका पालामा खाँचिकोट राज्यका राजकुमार र भारतको बलरामपुरकी राजकुमारी बीच विवाह गरि घर तर्फ ल्याउँदा बाटोमा केही कुरा झुटो बोलेर अथवा ढाँट छल गरेर विवाह गरेको हल्ला दुलहीले सुनिन् ।

डोलिमा बोकेर ल्याएकी दुलही हाल सुपा देउराली मन्दिर रहेको स्थान भन्दा करिब पचास मिटर दक्षिणमा पुग्दा डोलिबाट रगतको थोपा झरेछ । यो रगतको थोपा देखेर हाल मन्दिर रहेको स्थानमा आएर डोलिमा हेर्दा दुलही मृत अवस्थामा थिइन् । त्यसपछि खाँचिकोट राज्यमा विभिन्न रोग व्याधी र महामारी फैलिएर विभिन्न विध्न वाधाहरू उत्पन्न हुन थाले ।

एक जना खनाल थरका ज्योतिषलाई बोलाएर धामी, झाँक्री हेराउँदा त्यस ठाँमा दैविक शक्ति उत्पन्न भएको र कोलो पाठी बलि दिनु पर्छ भनेकाले त्यसै समय देखि खाँचिकोट राज्यका राजा ठकुरी राजाका रजौटा खड्का, कब्दार र नेवार थरका समुदायले कुल पूजा गर्दै हालसम्म आएको इतिहास पाइन्छ। त्यही समय देखि यस मन्दिरमा आफ्नो मनोकामना पुर्ण होस् भनेर भाकल गर्ने विभिन्न जिन्सी सुन, धजा, वस्त्र, रातो फूल, माला चढाएर पाठा पाठीको बलिपूजा गर्ने र परेवा उडाउने व्यापक प्रचलन रहेको छ ।

यो पनी पढनुहोस : बजारमा न’क्क’ली नोटको बिगविगी ! यसरी चिनौ न’क्क’ली र स’क्कली नाेट
काठमाडौँ /पछिल्ला केही बर्षयता नेपाली नोटहरु न’क्क’ली भेटिएपनि त्यति धेरै बजारमा आएका थिएनन् । तर पछिल्लो समय न’क्क’ली नोटहरु धेरै बजारमा देखिन थालेका छन् । बजारमा पुगेका नोटहरु बैंकसम्म पुग्ने गरेका छन् । दैनिक १० वटा भन्दा बढी न’क्क’ली नोटहरु बैंकसम्म पुग्ने गरेको राष्ट्र बैङ्कले जनाएको छ ।पछिल्लो समय भारतजस्तै नेपालमा पनि नक्क’ली नोटको धन्दा शूरु भएको छ । न’क्क’ली नोटको पहिलो शिकार गाउँका सोझा नागरिक पर्ने गरेका छन् भने बढी ब्यस्त हुने पसलहरु पनि यसको मारमा परेका छन् ।

गतवर्ष पोखरामा विभिन्न माध्यमबाट न’क्क’ली नोटहरू बैङ्कमा पुगेका थिए । सयौ संख्यामा आएका यस्ता नोट प्राय ५ सय र १ हजारका थिए ।न’क्क’ली नोट कारोबार गर्नेले मौका हेरेर सर्वसाधारणसँग कारोबार गरेर झुक्याउँने गरेका छन् । जाजरकोटमा न’क्क’ली नोट छाप्ने मेसिनसहित केही व्यक्ति प’क्रा’उ परेका थिए । नेपाल राष्ट्र बैङ्कका मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाले कतिपय न’क्क’ली नोट राष्ट्र बैङ्कसम्म नै पुग्ने गरेको बताए । एक हजार र पाँच सयका नोटहरु हप्तामा एक दुई थान भेटिने गरेका छन्,- निरौलाले भने -पछिल्लो समय न’क्क’ली नोट राष्ट्र बैङ्कसम्म पुग्न थालेका छन् ।

विशेष गरेर भीडभाड तथा घुइँचो भएका पसल, मेला, हाटबजार, जुवा अड्डा र भट्टी पसलमा बढी न’क्क’ली नोटको कारोवार हुने गरेको छ । घुइँचो भएका ठाउँमा, हतारमा र अँध्यारो भएका बेला गरिने कारोबारमा न’क्क’ली नोटको प्रयोग हुने गरेको राष्ट्र बैङ्कले बताएको छ । नगदमा ठुलो कारोवार नगर्न र बैङ्क प्रणालीबाट मात्र गर्न निरौलाले सुझाव दिएका छन् । अ’परिचित व्यक्तिबाट कारोवार गर्दा र भीडभाडमा सतर्क रहने राष्ट्र बैङ्कले पहिलेदेखि नै सर्तक बनाइरहेको छ । न’क्क’ली नोटको कागज चिप्लो र लुलो हुन्छ तर, स’क्क’लीको खस्रो र क’डा हुन्छ ।

सर्वसाधारणले धेरै कुरा हेर्न नसक्ने भएकाले कागज, सुरक्षण धागो र लाली गुराँसको पानी छापकोे जानकारी पाउँदैनन् । न’क्क’ली नोटको कारोवार गर्नेमाथी ठुलो सजाय नेपालको का’नुनले गरेको छैन । फितलो कानुन भएका कारण पनि समस्या भएको मुद्रा व्यवस्थापन विभागका निर्देशक भीष्म उप्रेतीले स्वीकार बताए ।

Related Articles

Back to top button
Close