News

कोरोना भाइरस रोकथामको नाममा नेपालले विश्व बैंकबाट लियो ३ अर्ब ५० करोड ऋण


काठमाडौ । कोरोना भाइरस (कोभिड–१९) को महामारी रोकथाम तथा सार्वजनिक स्वास्थ्य सेवा सुधारका लागि विश्व बैंकबाट नेपालले तत्काल तीन अर्ब ५० करोड रुपैयाँ ( दुई करोड ९० लाख अमेरिकी डलर) भन्दा बढी ऋण लिएको छ । यो विश्व बैकले सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको हो । कोभिड–१९ आकस्मिक सम्बोधन तथा स्वास्थ्य प्रणालीको तयारी परियोजनाका लागि उक्त रकम खर्च हुने अर्थ मन्त्रालय र विश्व बैङ्कबीचको सम्झौतामा उल्लेख छ । सम्झौतामा अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुङ्गाना र विश्व बैङ्कका नेपालस्थित देशीय निर्देशक फेरिस हदद जेर्भोसले मङ्गलबार हस्ताक्षर गरे ।

विश्व बैङ्कको अन्तर्राष्ट्रिय विकास संस्था (आईडीए) मार्फत उपलब्ध गराइने उक्त ऋण सम्झौतामा हस्ताक्षरपश्चात् नै कार्यान्वयनमा आउने जनाइएको छ । उक्त रकम कोरोना भाइरस सङ्क्रमण रोकथामको तयारी तथा आक’स्मिक सहायतामा प्रयोग हुने सम्झौतामा उल्लेख गरिएको छ । त्यस्तै रोकथाममा नेपालको क्षमता बढाउने, विश्व स्वास्थ्य सङ्गठनको मापदण्डबमोजिम ‘कन्ट्याक्स टे«सिङ’का लागि उपयोग हुने छ ।

स्वास्थ्य मन्त्रालयमार्फत कार्यान्वयन हुने यो परियोजनाअन्तर्गत देशका विभिन्न ठाउँमा नयाँ आईसीयू, बेड तथा आइसोलेसन सुविधा स्थापनामा प्रयोग गरिने छ । त्यस्तै उक्त रकम स्वास्थ्य प्रयोगशालाको रोग पहिचान क्षमता बढाउन पनि उपयोग हुने सम्झौतामा उल्लेख छ । सम्झौतापछि सचिव ढुङ्गानाले उक्त सहयोगले कोरोना महामारी रोकथाम तथा भविष्यमा सार्वजनिक स्वास्थ्यसँग सम्बन्धित जोखिमविरु’द्ध लड्न क्षमता बढाउन सहयोग पुग्ने बताए । यो खबर आजको गोरखापत्र दैनिकले छापेको छ ।

त्यसैगारी कपाल लामो बनाउन जसलाई पनि मन पर्छ । हरेक युवतीहरु कपाल लामो बनाउने सौन्दर्य प्रशाधनको खोजीमा भौतारिइरहेका हुन्छन् । तर, घरैमा सर्वसुलभ प्याज कपालको सुन्दरताका लागि उपयोगी हुन्छ भन्ने कमैलाई थाहा होला । प्याज कपाल झर्ने र दुई मुखे कपालका लागि उपयोगी हुन्छ । प्याजमा रहेको सल्फरले कपालको जरालाई पोषण दिन्छ, जसले कपालको विकासका लागि मद्दत पुग्छ ।

प्याजमा भएको एन्टी ब्याक्टेरियल गुणका कारण यसको रस कपालमा लगाउनाले झर्ने समस्या हट्छ । यदि तपाईं कपाललाई चमकदार, स्वस्थ र लामो बनाउन चाहनुहुन्छ भने प्याजको रसबाट बनेको हेयरप्याक प्रयोग गर्न सकिन्छ । त्यसैले सजिलै घरमा बनाउन सकिने प्याजको हेयरप्याकको बारेका जानौं :

प्याजको रस : प्याजको रस निकालेर टाउको छालामा लगाएर २५–३० मिनेट त्यत्तिकै छाडिदिनुहोस् । कपालले सोसोस् भन्नका लागि टाउकोलाई तौलियाले छोप्नुहोस् । त्यसपछि सेम्पोले कपाल राम्ररी धुनुहोस् ।

प्याजका साथ बियर : बियरले कपाललाई प्राकृतिक रुपमा चमकदार बनाउँछ । प्याजको रसलाई बियरमा मिसाएर लगाउनाले कपाल बढ्नुका साथै यसले कण्डिसनरको पनि काम गर्छ । कपाल लामो बनाउनु छ भने यो उपायलाई सातामा दुईपटक प्रयोग गर्नुहोस् ।

प्याज र नरिवलको तेल : नरिवलको तेलका साथ प्याजको रसलाई मिसाएर लगाउनाले कपालको विकासमा मद्दत गर्छ र कपाललाई पोषण पनि दिन्छ । प्याजको रसलाई तेलका साथ मिसाएर कपाल मसाज गर्नुहोस् । फेरि एक तौलियाले छोप्नुहोस् । यसबाट टाउकाको मृत कोशिकालाई हटाउन मद्दत गर्छ । जसबाट कपाल बढ्छ ।

प्याजका साथ मह : कपालको विकासका लागि यो निकै प्रभावकारी घरेलु उपाय हो । यसका लागि प्याजको पेष्ट बनाएर त्यसमा केही थोपा मह मिलाउनुहोस् । यो पेष्टलाई कपाल कम भएको भागमा लगाउनुहोस् ।

प्याजका साथ कागती : कागती र प्याजको रसको प्रयोगले कपालको विकासमा मद्दत गर्छ । कागतीको रसले टाउकाको छाला अर्थात् स्काल्पलाई सफा गर्न मद्दत गर्नुका साथै कपाल झर्न पनि रोक्छ।

प्याज र अण्डाको सेतो भाग : अण्डा कपालका लागि निकै फाइदाजनक हुन्छ । लामो कपाल बनाउन चाहनेहरुका लागि प्याज र अण्डाबाट बनेको हेयरप्याक निकै लाभकारी हुन्छ । यो प्याक बनाउनका लागि प्याजको रसमा अण्डाको सेतो भाग मिसाउनुहोस् ।

यसलाई आधा घण्टासम्म कपालमा लगाएर शेम्पु लगाएर नुहानुहोस् । प्याजको रसबाट बनेको हेयरप्याकको प्रयोगले सजिलै कपाल लामो र चमकदार बनाउछ । साथै, कपाल झर्ने समस्या पनि कम हुन्छ । तर, याद गर्नुहोस् एकपटकमा एउटा उपाय मात्र प्रयोग गर्नुहोस् ।

Related Articles

Back to top button
Close