News

विश्व सं’कटका बेला ‘ज्याक मा’ ले बाँडे एक सय ५० देशमा राहत, चौतर्फी उनकै चर्चा !

काठमाडौं। विश्व को’रोना भा’इरसको चरम संक’टमा रहेका वेला आर्थिक सहयोग गर्ने मानिसहरू पनि उत्तिकै रहेका छन्।चीनका धनाढ्य एवं अलिबाबा ग्रुपका संस्थापक ज्याक माले म’हामारीकै बीचमा ट्विटर अकाउन्ट खोलेका थिए । पहिलो ट्विटमै उनले महामा’रीवि’रुद्ध विश्व एकजुट हुन आग्रह गर्दै राहत वितरण सुरु गरेको सार्वजनिक गरेका थिए । ‘एक विश्व एक लडाइँ’ भन्दै ज्याक मा संस्थापक अलिबाबा ग्रुपले मुख्य रूपमा गरिब मुलुकमा सोझै अत्यावश्यक मेडिकल सामग्री पठाइरहेको छ । अहिलेसम्म विश्वका एक सय ५० भन्दा बढी देशमा १४ करोड अमेरिकी डलरभन्दा बढी सहयोग अलिबाबा ग्रुपले गरेको छ ।

यद्यपि ज्याक माले गरिरहेको यो सहयोगबीच उनको वि’पक्षमा आ’लोचना गर्नेहरूको पनि कमी छैन । म’हामारीको वेला विश्वभरि राहत प्रदान गरिरहेका निजी परोपकार दाताहरूको तथ्यांक संकलन गरिरहेको वाचडग ‘क्यान्डिड’ले अलिबाबालाई १२औँ नम्बरमा राखेको छ ।

सबैभन्दा बढी रकम दान गर्नेमा पहिलो नम्बरमा ट्विटरका संस्थापक ज्याक डोर्सी रहेका छन् । उनले करिब एक अर्ब अमेरिकी डलर दान गरेका हुन् । हुन त यतिवेला पैसाभन्दा पनि बढी महत्व राख्ने कुरा मेडिकल साम्रगी देखिएको छ । अलिबाबा ग्रुपले १२ करोडभन्दा बढी थान मास्क राहत प्रदान गरेको छ भने ४१ लाखभन्दा बढी थान परीक्षण किट वितरण गरेको छ । त्यस्तै तीन हजारभन्दा बढी भेन्टिलेटर विभिन्न देशमा प्रदान गरेको छ ।

भेन्टिलेटर, मास्क, सुरक्षा सामग्रीलगायत अत्यावश्यक रहेको देशमा सोझै आफ्ना विमानमार्फत पठाइरहेका कारण ज्याक माको राहतले उल्लेख्यता पाएको छ । मार्चको सुरुदेखि नै अलिबाबा ग्रुपले विमानमार्फत मेडिकल सुविधाको अभाव एवं कमी रहेका धेरैजसो मुलुकमा राहत पुऱ्याइरहेको छ ।

क्यान्डिडका अनुसार ट्विटरका संस्थापकपछि वित्तीय दान गर्नेमा गुगल कम्पनी दोस्रो नम्बरमा रहेको छ । गुगलले ९० करोड अमेरिकी डलर सहयोग गरिसकेको छ । त्यस्तै, तेस्रो नम्बरमा चीनको इन्टरनेट कम्पनी बाइट डान्स रहेको छ । बाइट डान्सले करिब ४१ करोड अमेरिकी डलरबराबरको राहत एवं दान गरेको छ ।

माइक्रोसफ्टका संस्थापक बिल गेट्सको संस्था ‘बिल एण्ड मेलिन्डा गेट्स संस्था’ले करिब २६ करोड अमेरिकी डलर दान गरेको छ । त्यस्तै फेसबुकले करिब १२ करोड अमेरिकी डलर दान गरेको छ । फेसबुक १५औँ स्थानमा रहेको छ ।

विश्वकै धनाढ्य व्यक्ति ज्याकमा २३औँ नम्बरमा रहेका छन् । उनले करिब १० करोड अमेरिकी डलर दान गरेका छन् । नेटफ्लिक्स कम्पनीले पनि १० करोड अमेरिकी डलर दान गरेको छ ।

क्यान्डिडले विश्वका पाँच सय ४५ दाताहरूबाट अहिलेसम्म विश्वभर करिब आठ अर्ब अमेरिकी डलरभन्दा बढी आर्थिक सहयोग जुटेको तथ्यांक सार्वजनिक गरेको छ । संकलन गरिएको रकमबाट विभिन्न बहुराष्ट्रिय परोपकारसम्बन्धी संस्थाहरूले राहत वितरण गरिरहेका छन् ।

Related Articles

Back to top button
Close