News

इङ्गेजमेन्ट सकेर बिहेको तयारीमा लागेकी २३ बर्षिया युवतीको नारायणी अस्पतालमा निधन, गरिएको थियो कोरोनाको आशका !

वीरगञ्ज । र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) पोजेटिभ देखिएकी एक युवतीको वीरगञ्जमा निधन भएको छ । वीरगञ्ज महानगरपालिका-१० अशोक बाटिका बस्ने २३ वर्षीया युवतीकोनिधन भएको हो । उनको शव नारायणी अस्पतालमा राखिएको छ । उनमा आरडीटी रिपोर्ट पोजेटिभ देखिएपछि थ्रोट स्वाबको नमूना संकलन गरी परीक्षणका लागि हेटौंडास्थित प्रादेशिक प्रयोगशालामा पठाइएको छ । श्वासप्रश्वासमा समस्या आएपछि युवतीलाई तराई हस्पिटलमा भर्ना गरिएको थियो। अस्पतालले कोरोनासँग मिल्ने लक्षण देखिएको भन्दै र्‍यापिड टेस्ट गरेको थियो।

२३ वर्षीया युवतीको उपचारकाक्रममा तीन पटकसम्म -यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) पोजेटिभ देखिएपछि कोरोना संक्रमणको आशंकामा यकिन गर्न थ्रोट स्वाबको नमूना संकलन गरी पिसिआर परीक्षणका लागि हेटौंडास्थित प्रादेशिक प्रयोगशालामा पठाइएको तर ति युवतीको उपचारकाक्रममानिधन भएको हो ।
नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा. मदन उपाध्यायले भन्नुभयो , ‘उहाँ ब्लड क्यान्सरको बिरामी हुनुहुँदो रहेछ, आरडीटी पोजेटिभ देखिएको थियो, त्यस्तैले यकिन गर्न पीसीआर परीक्षणका लागि थ्रोट स्वाब संकलन गरेर हेटौंडा पठाएका छौं साझसम्म रिपोर्ट आईपुग्छ । उनलाई कोरोना संक्रमण भएको आशंकामा आइसोलेसनमा राख्ने तयारी गर्दागर्दैनिधन भएको हो ।’

निधन भएकी ती युवतीको स्वास्थ्य समस्या देखिएपछि गत चैत ५ गते चितवन जिल्लाको भरतपुर क्यान्सर अस्पतालमा परीक्षण गर्दा ब्लड क्यान्सर भएको प्रमाणित भएको र चैत ९ गते डिस्चार्ज भई वीरगञ्ज ११ अशोकवाटिका स्थित आफ्नो घर आई बसी रहेकी थिईन् । बैशाख १३ गते उनको स्वास्थ्यमा समस्या आएपछि वीरगञ्ज कै एडभान्स अस्पताल लगिएको तर एडभान्सले बिरामीलाई आईसीयुमा राख्नुपर्ने जनाउदै नेशनल मेडिकल कलेजमा रिफर गरेको र नेशनल मेडिकल कलेजले आईसीयु खाली नरहेको भन्दै विरामी भर्ना नै नगरेपछि पारिवारले शनिबार राति १० बजेतिर तराई हस्पिटल एण्ड रिसर्च सेन्टरमा भर्ना गरेका थिए ।

तराई हस्पिटल एण्ड रिसर्च सेन्टरमा भर्ना भएपछि अन्य जाँचसँगै अस्पतालले आरडीटी परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएपछि दोश्रो पटक आरडीटी परीक्षण गरेका तर रिपोर्ट पोजेटिभ नै देखिएपछि नारायणी अस्पताललाई खबर गरेको र नारायणी अस्पतालको टोलिले पनि आरडीटी परीक्षण गर्दा पोजेटिभ रिजर्ट देखिएपछि थ्रोट स्वाबको नमूना संकलन गरी पिसिआर परीक्षणका लागि हेटौंडास्थित प्रादेशिक प्रयोगशालामा पठाइएको थियो ।

शनिबार राति १० बजेतिर उनलाई तराई हस्पिटल एण्ड रिसर्च सेन्टरमा भर्ना गरियो । अस्पतालले अन्य जाँचसँगै आरडीटी परीक्षण गर्दा शंकास्पद रिपोर्ट आएपछि नारायणी अस्पतालको टोलीले फेरि पनि र्‍यापिड टेस्ट गरेको थियो । त्यसक्रममा एन्टिबडी पोजेटिभ देखिएपछि नारायणी अस्पतालमा आईसोलेसनमा राख्न लगिएको थियो । उनको सोही अस्पतालमा शनिबारनिधन भयो ।

उनको इङ्गेजमेन्ट (टीकाटालो) भइसके पनि बिहे हुन बाँकी थियो । उनकोनिधन भएपछि परिवारका सबै सदस्यहरुलाई होम क्वारेन्टाइनमा बस्न सुरक्षा निकायले आग्रह गरिसकेको छ ।निधन भएकी युवतीको ¥यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) शंकास्पद रिपोर्ट आएको तर पिसिआर टेस्टको रिपोर्ट आईनसकेकाले उनका परिवारका सबै सदस्यहरुलाई होम क्वारेन्टाइनमा बस्न आग्रह गरिसकिएको छ ।

Related Articles

Back to top button
Close