News

१०७ बर्षिया बृद्ध आमाले कोरोनालाई जित्दै जीवन सुरक्षित पारिन

अमेरिकापछि कोरोना भाइरसका सबै भन्दाबढी संक्रमित देखिएको स्पेनकी १०७ वर्षीया बृद्धाले कोरोना भाइरसलाई परास्त गरेकी छन् ।

यसअघि उनी पाँच बर्षकी छदा स्पेनिस फ्लूको संक्रमणले समेत गाँजेको थियो । त्यसबेला स्पेनिस फ्लूलाई जितेकी १०७ वर्षीया बृद्धा एना डे वेलेले अहिले कोरोना भाइरसलाई पनि परास्त गर्दै ठीक भएकी छन् ।

सन् १९१८ जनवरी देखि १९२० डिसेम्बरसम्म फैलिएको स्पेनिस फ्लूको महामारीबाट जोगिएकी उनी कोरोना भाइरस संक्रमणबाट स्वस्थ हुने स्पेनकै सबैभन्दा धेरै उमेरको बृद्धा हुन् ।

स्पेनिस फ्लूलाई परास्त गरेको १ सय २ बर्षपछि कोरोना भाइरसको संक्रमण देखिएको एना अहिले संक्रमण मुक्त भएर पाकुई सान्चेज अस्पतालबाट घर फर्किएकी छन् । उनको जन्म सन् १९१३ अक्टोबरमा भएको थियो ।

Related Articles

Back to top button
Close