News

लकडाउनमा श्रीमानसँग बस्दा हैरान भएको भन्दै श्रीमतीले लेखिन् यस्तो…

काठमाडौं । कोरोना भाइरसका कारण अहिले सारा विश्व तहसनहस बनेको छ । विश्वका अधिकांश देशहरुले कोरोना भाइरसको महामारीलाई मध्यनजर गर्दै पूरा देश लकडाउन गरेका छन् ।चीनको वुहानबाट शुरु भएको कोरोना भाइरसको महामारी अहिलेसम्म विश्वका २१० देशमा फैलिसकेको छ ।

कोरोनाको यो प्रकोपलाई मध्यनजर गर्दै विश्वमा विभिन्न देशहरुले कडा नियम बनाएर कोरोनाविरुद्धको लडाईमा उत्रिएका छन् ।महामारी फैलिनबाट रोक्नका लागि देशहरुले गरेको लकडाउनमा अनौठा कुराहरु पनि देखिरहिएको छ । घरमा विवाहित जोडीहरु लकडाउनका कारण रोजगारीहरु बन्द भएपछि घरमै थुनिएर बस्न बाध्य भएका छन् ।

यस्तो अवस्था पहिला केहि समय मात्र भेटघाट हुने जोडीहरु अहिले हरेक पलसँगै बस्दा दिक्क बनेका छन् । यसै कारणले एक्सपर्टहरुले लकडाउन खोल लगत्तै सम्बन्ध बिच्छेदका घटनाहरु अत्याधिक दर्ता हुने बताउँछन् ।यसैबीच पोर्चुगलमा पनि एउटा अनौठो घटना सार्वजनिक भएको छ । पोर्चुगलको लिस्बनमा बस्ने एक जोडीहरु २४ सै घण्टा सँगै बस्नुपर्दा हैरान भएका छन् ।

जसका कारण उनकी श्रीमतीले घरको बाहिर एउटा बोर्डमा आफ्ना श्रीमान बेच्न चाहेको लेखेर टाँसेकी छन् । उनले २४ सै घण्टा सँगै बस्नु परेकोमा दिक्क लागेकोले यस्तो लेखेर टाँसेको बताएकी छन् ।कोरोना भाइरसको महामारीका कारण केहि समय पहिला चीनमा धेरै सम्बन्ध बिच्छेदका घटनाहरु दर्ता भएका थिए । लकडाउनका कारण २४ सै घण्टा श्रीमान श्रीमती एकसाथ बस्नुपर्दा यस्तो अवस्था सिर्जना भएको विज्ञहरु बताउँछन् ।

यसको धेरै असर भने विवाहित जोडीमा देखिएको छ । त्यसैले लकडाउन सकिए लगत्तै सम्बन्ध बिच्छेदका घटनाहरु बढ्ने विज्ञहरुको अनुमान रहेको छ ।

Related Articles

Back to top button
Close