News

बझाङमा बालिका अपहरण गरि विवाहगर्ने योजनाः घटनामा संग्लग्न सातै जना फरार :

बझाङ, बैशाख-१५ ।
बझाङजिल्लाको छविसपाथथिभेरा गाँउपालिका वडा नम्कबर ७को बुडखोरी घर भएकी एक बालीकालाई विवाहगर्ने योजनामाआफन्तहरुले नैअपहरण गरेका छन् । वडा नम्बर ७ कै फुपाजु नाता पर्ने प्रकास धामीलेआफ्नो श्रीमतीमहिनाबारी भएको बेलाखानापकाई दिनभन्दै बालिकालाई घरमाबोलाएको थियो । प्रकास लगायतउनकाआफन्तहरुले सोहीगाँउकासागर धामी संग जबरजस्तिविवाहगरि दिने योजानमाबालिकाबनाई १३ गते आईतबारकादिन घरबाट जंगलमालिई भैसिगोठमा बन्धक राखेको पिडीतका काकानाता पर्ने सुरेश धामीले बताउनु भयो ।

स्थानीयकाअनुसार गाउँमै आफन्तको घरमाखानापकाउनगएकीकिशोरीको राति ९ बजे अपहरण भएको थियो। १४ गते दिउसो १ बजे मात्रै आफन्तहरुले जानकारि पाए पछि उनलाई धौला बगरको छाना जंगलमामुख,हातखुट्टा बाधेको अवस्थामाआफन्तले फेलापारेको बालिकाकाकाका सुरेश धामीले धामीले बताउनु भयो । बेहोस अवस्थामा फेला परेकीकिशोरीलाई उपचारकालागि सामुदायिक स्वास्थ्यइकाईमालगिएकोथियो ।बालिका भैसि गोठमा बन्धकगरि राखेको १ दिन पछि अन्यगोठालाहरुले जानकारि पाएपछि गाँउमाखबर गर्दा बालिकाबन्दकराखेको कुरा खुल्नआएको हो ।

बालिकामाथि यस्तो दुर्वावहार भएको जानकारि भएपछि आफन्तहरुले बालिका सहितसदरमुकाम चैनपुरमाआएर न्याएकालागिप्रहरी कहाँअपहरण र शरिर बन्दकसम्बन्धिमुद्धा दर्ता गराएका छन् । जाहेरीमाछविसपाथिभेरा गाँउपालिका७काविकास धामी, दिपेन्द्र धामी, प्रकास धामी, निराजनधामी, संसार धामी र आशिकधामीको नाम रहेको प्रहरी निरिक्षक नेत्र बहादुर बोहराले बताउनु भयो । बालिका सहितसदरमुकाम चैनपुर पुगेकाबालिकाकाआफन्तहरुले न्यायकालागिप्रहरी प्रशासन सहितमहिलाअधिकारकर्मी र संचारकर्मीहरुलाई पनिआग्रह गरेका छन् । अपहरण मुक्तभएकीबालिकाको डरत्रासकाकारण मानशिकआवस्थाकमजोर रहेको छ ।

जो संग विवाहगर्ने भन्ने बालक सहितअन्य यस घटनाका संग्लग्न सातै जना फरा रहेको जिल्लाप्रहरी कार्यालय बझाङकाप्रहरी नायवउपरिक्षक गणेशवहादुर बमलेबताउनु भयो । अपहरणमा संग्लनको खोजीभईरहेको र अहिले पीडित पक्षसंग छलफल भईरहेकोउहाँको भनाई छ । बझाङ जिल्लाकादुरदराजगाँउबस्तिहरुमातानिविवाहगर्ने प्रचलनअहिले पनिकायमै रहेको छ ।

Related Articles

Back to top button
Close