News

लकडाउनको उलङ्घन भएका समाचार आएसँगै कैलालीमा आजदेखि थप कडाई ! अति आवश्येक काम बाहेक सबैलाई रोक

धनगढी, बैशाख – १६
कोरोना भाइरस नियन्त्रण तथा रोकथाम गर्न सरकारले गरेको लकडाउन कैलालीमा पनि आजबाट थप कडा गरिने भएको छ ।

गृह मन्त्रालयले आफु मातहतका निकायलाई निर्देशन दिएपछि जिल्ला प्रशासन कार्यालय कैलालीले पनि लकडाउनमा कडाई गरेको हो ।

देशका विभिन्न क्षेत्रमा लकडाउनको समयमा पनि उल्लंघन बढेपछि सुरक्षा निकाय र स्थानीय प्रशासनलाई गृहले परिपत्र गरेपछि कैलालीमा पनि कडाई गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

पछिल्लो समय स्थानीय तह र सासंदहरुको समन्वयमा बिना पासका गाडी सञ्चालन भएपछि लकडाउनको उल्लंघन भएको कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले बताउनुभयो। उहाँले भन्नुभयो,आजबाट लकडाउनमा कडाई गरिएको छ ।

गृह मन्त्रालयले बिना पासका गाडी रोक्न निर्देशन दिईसकेको बताउँदै प्रमुख जिल्ला अधिकारी बोहराले अत्यावश्यक सेवा मात्रै सञ्चालन गरिने बताउनुभयो।

Related Articles

Back to top button
Close