News

श्रीमान बेच्न महिलाले निकालिन् सूचना

पोर्चुगलको लिस्बनमा बस्ने एक जोडीहरु २४ सै घण्टा सँगै बस्नुपर्दा हैरान भएका छन् । यसैकारण उनकी श्रीमतीले घरको बाहिर एउटा बोर्डमा आफ्ना श्रीमान बेच्न चाहेको लेखेर टाँसेकी छिन् । लकडाउनमा श्रीमानसँग बस्दा धेरै किचकिच भएको तथा झैझगडा भएकाले उक्त सूचना लेखेर टाँसेको उनले बताएकी छन् ।

बिल गेट्सले अमेरिकालाई दिए कडा चेतावनी

एजेन्सी । अमेरिकामा कोरोना भाइरसको महामारीले तहसनहस मच्चाएको छ । कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म अमेरिकामा ५५ हजार ४१५ जनाको ज्यान गएको छ भने ९ लाख ८७ हजार ३२२ जनालाई संक्रमण भएको छ । यस्तो अवस्थामा पनि अमेरिकाका केहि राज्यहरुमा यो हप्ताबाट लकडाउन हटाइएको छ । यस विषयलाई लिएर माइक्रोसफ्टका फाउण्डर बिल गेट्सले चिन्ता जनाएका छन् ।

उनले अमेरिकालाई लकडाउन हटाएर कोरोना भाइरसको महामारी झनै तीव्र गतिले फैलिन सक्ने चेतावनी दिएका छन् । त्यसैले उनले माहोल शान्त नहोउन्जेलसम्म लकडाउन जारी नराखे अमेरिकामा पुनः कोरोनाको महाप्रकोप फैलिने र त्यसबाट अत्याधिक नोक्शान हुने बताएका छन् । बिल गेट्सले सञ्चारमाध्यमसँग कुराकानी गर्दै भने,’कोरोना भाइरसको भ्याक्सिन बन्न एक दुई वर्ष लाग्न सक्छ । कोरोना भाइरसको ७ भ्याक्सिन बनाइन्छ, त्यसमध्ये सर्वश्रेष्ठ भ्याक्सिनमात्र ट्रायल गरिनेछ ।’

कोरोना भ्याक्सिन बनाउन लागि परेका सबै कम्पनीहरुलाई फन्ड दिएको पनि उनले बताए । गेट्सको फाउण्डेसन गएका केहि वर्ष देखि नै संसारमा विभिन्न महामारीसँग लडिरहेको छ । मिडियासँगको कुराकानीको क्रममा उनले यदि यस्तो अवस्थामा लकडाउन खुल्यो भने कोरोना भाइरसको महामारी अमेरिकामा अहिलेको भन्दा धेर तीव्र गतिमा फैलिन सक्ने बताए । उनले भने, ‘अमेरिकाका केहि क्षेत्रमा लकडाउन खुलेको छ, तर यदि लकडाउन गरिएका भने ति क्षेत्रहरुमा न्युयोर्कको जस्तै हालत हुनेछ ।’

उनले लकडाउन खोल्न भन्दा पहिला विशेषज्ञहरुको सहयोग लिनुपर्ने बताएका छन् । अमेरिकाले विश्व स्वस्थ्य संगठनको नियम पनि फलो गर्नुपर्ने बताउँदै उनले देशमा धेरै भन्दा धेरै परिक्षण हुनुपर्ने बताएका हुन् ।

Related Articles

Back to top button
Close