News

रिसर्च : कुन-कुन कम्पनीले बनाईरहेका छन् कोरोना भाइरस विरुद्धको औषधि ?

काठमाडौं । कोरोना भाइरस विश्वका लागि ठूलो स्वास्थ्य चुनौति बनेको छ । वैज्ञानिकहरु कोरोना भाइरससँग लड्ने औषधिको तयारीमा दिन रात लागि रहेका छन् । तर अहिलेसम्म कुनै कम्पनीले कोरोनाविरुघको भ्याक्सिन बनाउन सकेको छैन ।

केहि वैज्ञानिकहरु पुराना एन्टीभाइरलको परिक्षण गरिरहेका छन् भने कोहि कोरोना भाइरसबाट बच्ने उपायहरु खोजिरहेका छन् ।

आज हामी तपाईलाई कुन कुन ठूला कम्पनीहरु कोरोना भाइरसविरुद्धको औषधि बनाउन लागिपरेका छन् भन्ने बारेमा जानकारी दिनेछौँ ।

१. गिलीएड साइन्स : तेश्रो चरण

अमेरिकाको औषधि कम्पनी गिलीएड साइन्सले बनाएका रेमडेसिभिर औषधीहरु ५ देशमा क्लिनिकल ट्रायल भईरहेको छ । चीनमा १ हजार संक्रमित माथि यसको परिक्षण भएको थियो ।

यो भन्दा पहिला यस औषधिको परिक्षण इबोलाको उपचारका बेला गरिएको थियो । तर त्यो बेला यो औषधि बिफल भएको थियो ।

२. एस्कलेटिस फार्मा : प्रथम चरण

चीनको यो कम्पनी एस्कलेटिसद्वारा निर्मित औषधि ड्यानोप्रेभिर र र्याटोनेभिर एचआईभी तथा हेपेटाइटिसको उपचारमा प्रयोग गरिन्छ ।

पछिल्लो समयमा यी दुबैलाई मिश्रण गरेर ११ जना कोरोना भाइरस संक्रमितमा यसको परिक्षण गरिएको थियो । जसबाट ११ जना संक्रमित नै ठिक भएका थिए ।

३. मोडेर्ना थेरेप्युटिक्स : टिका, प्रथम चरण

अमेरिकी कम्पनीले कोरोनाभाइरस पछि भ्याक्सिन (एमआरएनए-१२७३) ४२ दिनमा बनाएर तयार पारेको थियो । यो औषधिले शारीरिक कोशिकाहरबाट एन्टीबडी तयार पार्न सहयोग गर्नेछ ।

त्यसपछि संक्रमणबाट ठिक भएका रोगीहरुको एन्टीबडीबाट संक्रमितहरुको उपचार गरिनेछ ।

४. क्यान्सिनो बायोलोजिक्स : टीका, प्रथम चरण

इबोलाको लागि भ्याक्सिन निर्माण गरेको चिनियाँ कम्पनी क्यान्सिनो कोरोना भाइरस भ्याक्सिन परिक्षणको नजिक रहेको छ ।

क्यान्सिनोले कोरोना भाइरसको आनुवंशिक कोडको माध्यमबाट एन्टीभाइरल भ्याक्सिन बनाईरहेको छ । कम्पनीलाई परिक्षणको लागि स्विकृति पनि मिलिसकेको छ ।

५. आर्कच्युरस थ्यारेप्युटिक्स : भ्याक्सिन, प्री क्लिनिकल

अमेरिकाको कम्पनी आर्कच्युरसले ड्युक भिभिसँग मिलेर आरएनए (जिन एडिटिङबाट निस्किने प्रोटिन) बाट भाइरस नष्ट गर्ने टीका बनाईरहेको छ ।

यसबाट निस्किने प्रोटिनले संक्रमणको खतरालाई हटाउनेछ ।

६. बायोएनटेक : भ्याक्सिन, प्री क्लिनिकल

जर्मन कम्पनी बायोएनटेकले पनि आनुवंशिक कोडमा बदलेर एन्टीबडीको उत्पादन र भ्याक्सिनमा काम गरिरहेको छ ।

यो कम्पनीलाई पनि ट्रायलको अनुमति मिलिसकेको छ । संघाईको फोसुन फार्माले अब छिटै चीनमा यो टीका उपलब्ध गराउने बताएको छ ।

७. क्योरभ्याक : भ्याक्सिन, प्री क्लिनिकल

मोर्डनाको नै क्योरभ्याक पनि मानिसको न्युक्लिक अनुक्रमको प्रयोग गरेर प्रोटिन बनाउँदै छ । जसबाट पछि भ्याक्सिन बनाइन्छ ।

अप्रिलमा जनावरमा परिक्षण गरे पछि छिटै नै मानिसमा परिक्षण गरिने कम्पनीले बताएको छ ।

८. एली लिली : भ्याक्सिन, प्री क्लिनिकल

अमेरिकाको यो कम्पनीले क्यानेडाई फर्म एराबेलरासँग मिलेर संक्रमितको उपचारमा प्रयोग गरिने ५०० प्रकारका एन्टीबडीको पहिचान गरेको छ ।

जसले भाइरसबाट मानिसलाई रक्षा गर्दछ । कम्पनीले ४ महिना भित्रमा मानिसमा परिक्षण गर्ने बताएको छ ।

९. ग्ल्याक्सो स्मिथक्लाइन : भ्याक्सिन, प्री क्लिनिकल

बेलायतको यो कम्पनीले चिनियाँ बायोटिक फर्मलाई आफ्नो टेक्निक उदारो दिएको छ ।

कम्पनी प्रतिरक्षा प्रणाली मजबुत बनाउँदै संक्रमणसँग लड्ने भ्याक्सिन बनाइरहेको छ । तर यसको परिक्षण कहिले हुने भन्ने बारेमा भने कम्पनीले बताएको छैन ।

१०.इनोभियो फार्मास्युटिकल्स : भ्याक्सिन, प्री क्लिनिकल

४ दशकदेखि डीएनएको औषधि परिवर्तन गर्ने काम गरिरहेको अमेरिकी कम्पनी इनोभियोले आफ्नो टेक्निकबाट कोरोना भाइरसविरुद्धको उपचारको टीका बनाउने दाबी गरेको छ ।

यहि महिनाको अन्तिमसम्ममा उसले परिक्षण गरिसक्ने बताएको छ । साथै यो कम्पनीले हरेक वर्ष १० लाख भ्याक्सिन बनाउने बताएको छ ।

यी कम्पनीहरुले पनि गरेका छन् परिक्षणको तयारी

११. जोनसन एण्ड जोनसन (अमेरिका) भ्याक्सिन प्री क्लिनीकल

१२. फाइजर (अमेरिका) प्री क्लिनीकल

१३. रिजेनरेन फार्मा (अमेरिका) प्री क्लिनीकल

१४. स्यानोफी (फ्रान्स) प्री क्लिनीकल

१५. ट्याकेडा (जापान) प्री क्लिनीकल

१६. वीर (अमेरिका) प्री क्लिनीकल

यी सबैको परिक्षण प्रक्रियाधीन रहेको छ ।

एजेन्सीको सहयोगमा

यसअघि प्रकाशित यो समाचार पढ्नुभएको थियो ? लिंकमा क्लिक गर्नुहोस् :

उत्तर कोरियाका तानशाह किम जोंग उनको स्वास्थ्य अवस्थालाई लिएर आयो यस्तो खबर

कोरोना भाइरस सम्बन्धी फिल्म रिलिज (भिडियोसहित)

लकडाउनमा श्रीमानसँग बस्दा हैरान भएको भन्दै श्रीमतीले लेखिन् यस्तो

कोरोना भाइरस प्रभावित देशलाई ‘डब्ल्युएचओ’को चेतावनी

कोरोना भाइरससँग लड्दै डोनाल्ड ट्रम्प : ह्वाईटहाउसमा दिन-रात गर्दै छन् यस्ता काम

कोरोना भाइरस : अमेरिकालाई बिल गेट्सले दिए यस्तो चेतावनी

६० वर्ष पछि लकडाउनका बेला समुन्द्रमा देखियो चमत्कारिक दृश्य !

कोरोना भाइरस स् शव राख्ने ठाउँ नभएपछि मस्जिद र पार्किङ स्थल बने मुर्दाघर

जापानमा काटिए आठ लाख फूल

कोरोनाबाट मृत्यु भएकी महिला महिना दिनपछि जीवित भेटिएपछि

उत्तर कोरियाका नेता किम जोंगको स्वास्थ्यलाई लिएर चीन चिन्तित, पठायो चिकित्सकको टिम

कोरोना भाइरसबाट विश्वभर ४९ नेपालीको मृत्यु

कोरोनाबाट विश्वको ध्यान भड्काउनका लागि चीनले थाल्यो नयाँ चाल

लकडाउनमा चम्कियो भाग्य, रातारात बने अर्बपति

Related Articles

Back to top button
Close