News

अमेरिकामा ६० लाख मानिसमाथि खतरा रहेको भन्दै वैज्ञानिकले दिए चेतावनी !

काठमाडौं । अमेरिका यस बेला कोरोना भाइरसको महामारीसँग लडिरहेको छ । यसैबीच वैज्ञानिकहरुले अमेरिकामा ६० लाख मानिसहरुमाथि खतरा रहेको भन्दै चेतावनी दिएका छन् ।

मौसम वैज्ञानिकहरुले अमेरिकाको केहि राज्यमा भयंकर तुफान तथा ठूलो वर्षा हुने भन्दै हाई अलर्ट जारी रहेको छ ।

सीएनएनका अनुसार अमेरिकाको दक्षिण मध्य टेक्सासबाट दक्षिण विस्कोन्सिनमा २४ घण्टा भित्रमा भयंकर टोर्नाडो तुफान आउने आशंका गरिएको छ ।

उक्त क्षेत्रमा करिव ६० लाख मानिसहरु तुफानका कारण प्रभावित बन्न सक्ने अनुमान गरिएको छ । मौसम विभागका अनुसार दक्षिणी राज्यका केहि ईलाकामा फरक फरक समयमा तुफान सक्रिय हुनसक्ने बताइएको छ ।

त्यसैले उक्त क्षेत्रका मानिसहरुमा सतर्क रहन आग्रह गरिएको छ । सीएनएनका मौसम विज्ञानी ब्र्यान्डन मिलरले भने, ‘अमेरिकाका केहि दक्षिणी राज्यमा भीषण हावाहुरी तथा भारी वर्षा हुनसक्नेछ ।’

त्यहाँ केहि ववन्डर हावाका साथ सक्रिय भईरहेको छ । दिनको दोश्रोप्रहरदेखि उक्त क्षेत्रमा हावाहुरीको शुरवात हुनेछ, भने राती तुफानको प्रकोपले प्रभावित बनाउनेछ ।

स्टोर्म प्रोडिक्सन सेन्टरले उत्तरपश्चिमको दक्षिणपूर्वस्थित के.एस. क्षेत्रमा राती अबेरसम्म आँधी चल्ने आशंका रहेको बताएको छ ।

नेशनल वेदर सर्भिसका अनुसार, उक्त क्षेत्रमा भीषण हावाहुरीको साथै ठूलो असिना पानी पर्ने सम्भावना रहेको छ ।

मिडवेस्टबाट उत्तरतिरको इीलनोइसका अधिकांश क्षेत्रमा र पूर्वी मिसौरी क्षेत्रमा पनि खतरा रहेको ‘नेशनल वेदर सर्भिस’ले बताएको छ ।

Related Articles

Back to top button
Close