News

चीनका वैज्ञानिकको खुलासा ! ‘को’रोनाभा’इरस कहिल्यै पनि जरैदेखि समाप्त हुँदैन’

काठमाडौं। चीनका वैज्ञानिकहरुले को’रोनाभा’इरस कहिल्यै पनि जरैदेखि समाप्त नहुने बताएका छन् । वैज्ञानिकहरुको यो दावीसँगै फ्लु फैलिने मौसममा यो भा’इरस फेरि फैलिने दा’वीलाई बल पुगेको छ । चीनका भा’इरल र मेडिकल शोधकर्ताहरुको एक टिमले यो भाइरस १७ वर्ष पहिले आएको सार्सजस्तो समाप्त हुने भाइरस नभएको बताएको द हिलको रिपोर्टमा उल्लेख छ । यो टिमले लक्षण नदेखिने सं’क्रमितहरुले को’रोनाको ख’तरालाई बढाइरहेको बताएका छन् । यी एसिम्प्टोम्याटिक सं’क्रमितहरुले अन्जानमै भा’इरस फैलाउने भएकोले यसको नियन्त्रणको प्रयासमा यता सं’क्रमितहरुका कारण बाधा पुग्न सक्ने शोधकर्ताको दा’वी छ ।

सार्सको हकमा भने यस्तो थिउन । सार्स सं’क्रमण भएपछि सं’क्रमित ग’म्भीर बि’रामी हुन्थे र एकपटक क्वारेन्टाइन भएपछि सार्स फैलिन बन्द हुन्थ्यो । को’रोनाको म’हामारीमाथि नियन्त्रण गरिसक्दा पनि चीनमा हरेक दिन एसिम्प्टोम्याटिक सं’क्रमितका दर्जनौं केस आइरहेका छन् । चाइनिज एकेडेमी फर मेडिकल साइन्सेजको प्याथोजन बायोलोजीका निर्देशक जिन क्युइले भने ‘यो यस्तो महामारी बन्न सक्छ जो मानवको साथमा लामो समयसम्म रहनेछ । मौसमको हिसाबले बदलिनेछ र शरीरमा कायमै रहनेछ ।’ विश्वभरका शोधकर्ताहरु र सरकारहरुबीच यो कुरामा आम सहमति बनिरहेको छ कि लकडाउन गरेर पनि तत्काल यो भाइरस समाप्त गर्ने कुनै सम्भावना छैन ।

लकडाउनका कारण पूरै विश्वको अर्थव्यवस्था रोकिएको छ । अमेरिकाका नेशनल इन्ष्टिच्युट अफ एलर्जी एण्ड इन्फेक्सियस डिजिजका निर्देशक एन्थोनी फाउसीले पनि गत महिना को’रोना मौसमी म’हामारी बन्न सक्ने चेतावनी दिएका थिए । उनले दक्षिणी गोलाद्र्धमा अहिले चिसो मौसम सुरु भएको र त्यहाँ को’रोना सं’क्रमणका केसहरु बढिरहेको बताउँदै यसको सम्भावित जो’खिम औंल्याएका थिए । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसहित केहीले उत्तरी गोलाद्र्धमा तापमान बढेसँगै यसको प्र’कोप कम हुने आशा व्यक्त गरेका थिए तर चिनियाँ वैज्ञानिकहरुले भने यसको कुनै सबुत अहिलेसम्म नभेटिएको बताएका छन् ।

पेकिंग युनिभर्सिटीको फर्स्ट हस्पिटलका सं’क्रामक रो’ग विभागका प्रमुख वांग गुइकियांगले भने ‘भाइरस गर्मीमा क’मजोर हुन सक्छ तर त्यतिबेला मात्र जब यो ३० मिनेटको लागि ५६ डिग्रीमा एक्सपोज हुन्छ । तर मौसम कहिल्यै पनि यति तातो हुनेवाला छैन ।’ गुइकियांगले अगाडि भने ‘विश्वभर गर्मीको मौसममा पनि को’रोनाभा’इरसका केसहरुमा कमी आउने सम्भावना अत्यन्तै न्यून छ ।’ यो विश्वव्यापी महामारीबाट ३० लाखभन्दा धेरै सं’क्रमित भइसकेका छन् । २ लाख १० हजारभन्दा धेरैको मृ’त्यु भइसकेको छ ।

Related Articles

Back to top button
Close