News

यति होचो मेघराजले अग्ली श्रीमती बिहे गरे ! यस्तो छोरा जन्मिए । खान नपाएर ६ महिने बालकको बिचल्ली, शिशिर सहयोग लिएर पुगे (भिडियो हेर्नुस)

शिशिर भण्डारी लेख्दछन्,- म यति होचो, अनुहार पनि नपरेको । उनी राम्री र अग्ली । भने जस्तै केटा पाउँथिन् उनले । तर माया बस्यो, उनले मेरो मन हेरिन्, मैले पनि आफुसँग भएको कला देखाएर तिमीलाई पाल्छु भनेर बिहे गरें, सन्तान भयो । अहिले, सबै काम ठप्प हुँदा श्रीमतीलाई खुवाउने त के, ६ महिने छोरालाई दुध र औषधी खुवाउने पैसा पनि छैन मसँग, दाई ! यति भन्दै होचा कलाकार मेघराज खड्का भक्कानिए ।

पानी परेपछिको हिलो र अप्ठेरो बाटो हुँदै सहयोग लिएर मेघको घरमा पुग्दा, मैले फेरी आफ्नो बिगत सम्झिएँ । साँच्चै, कुनै दिन टेम्पु चढ्ने भाडा पनि हुँदैनथ्यो, खल्तीमा । अरु त परको कुरा, यहाँ धेरै पिडामा छन् अनि मेघ जस्तै सँघर्षरत कलाकारको पिडा पनि कम छैन । मेघ भाईको परिवारलाई खाद्यान्नको सानो सहयोगपछि खुशी थिएँ, १५ दिनपछि त्यो कोठामा चुल्हो बल्दैथ्यो, अनि ६ महिने बाबुको पेट भरिदै थियो (भिडियो हेर्नुस)

Related Articles

Back to top button
Close