News

३० हजारका कारण ऋषि र अमिताभ बच्चनको सम्बन्ध बि’ग्रियो, ऋषिको नि’धन पछि बचनले भने, “ऋषि कपूर…गए…भर्खरै बिदा भए म ‘क्ष’तवि’क्षत’ भए”

मुम्बइ : बलिउड अभिनेता ऋषि कपुरको ६७ वर्षको उमेरमा बिहीबार बिहान नि’धन भएको छ । दुई वर्षदेखि क्या’न्सरसँग जुधिरहेका ऋषिको मुम्बइस्थित सर एचएन रिलायन्स फाउन्डेशन हस्पिटलमा बिहीबार बिहान नि’धन भएको हो । बलिउड अभिनेत्री नितु कपुर उनकी पत्नी हुन् भने अभिनेता रणविर कपुर उनका छोरा । ऋषिका भाइ बलिउड अभिनेता रणधिर कपुरले उनको नि’धनको खबर सार्वजनिक गरेका हुन् । ऋषिको नि’धनप्रति बलिउडनका थुप्रै कलाकारहरुले दु’ख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् ।

अक्षय कुमारले इरफानको नि’धन लगत्तै ऋषिको नि’धन भएकोमा बलिउडमा दु’स्वप्न भएको बताएका छन् । त्यस्तै उनको नि’धनप्रति ग’म्भीर दुःख व्यक्त गर्दै अभिनेता अमिताभ बच्चनले आफू ‘क्ष’तवि’क्षत’ भएको उल्लेख गरेका छन् । बच्चनले ट्वीट गरेका छन्, ‘उनी गए…ऋषि कपूर…गए…भर्खरै बिदा भए.. म खण्डित भएँ ।’ अस्पतामा अन्तिम सास लिँदै गर्दा उनको वरिपरी श्रीमती नीतु कपूर तथा छोरा रणवीर र छोरी रिद्धिमासहित परिवारका सदस्य रहेको जनाइएको छ ।

केहि बर्ष अगाडी मात्र बलिउडका पुराना अभिनेता ऋषि कपुरले पैसा दिएर अवार्ड लिएको स्विकारेका थिए । हिन्दुस्तान टाईम्ससँग कुरा गर्दै कपुरले भनेका छन्-‘सन् १९७३ मा मैले ३० हजार तिरेर फिल्म फेयर अवार्ड लिएको थिएँ ।’

जतिवेला ऋषि कपुर ‘बेबी’ वाट मनोनयनमा परेका थिए भने अर्का नायक अमिताभ बच्चन ‘जन्जीर’बाट मनोनयनमा परेका थिए । सोहि समयपछि अमिताभसँग आफ्नो सम्बन्ध चिसिएको पनि उनले उल्लेख गरेका थिए । आफ्नो बायोग्राफी ‘खुल्लम खुल्ला’ मा उनले सो खुलासा गरेका हुन् । उनले भनेका छन्-‘एकजना मान्छे मेरो अफिसमा आयो र भन्यो, यदि ३० हजार दिनुहुन्छ भने तपाईले अवार्ड पाउनुहुन्छ । मैले ३० हजार दिएँ ।’ उक्त निर्णयले आफूलाई पछुतो भएको पनि उनले उल्लेख गरेका थिए ।

सन् १९८८ मा आफ्ना साथी ‘बिट्टु आनन्द’, आशा भोसले र आरडी बरमनको कार्यक्रममा सहभागी हुन दुबई गएको बेला दाउद इब्राहिमसँग भेट भएको पनि उनले उल्लेख गरेका छन् । ‘मलाई उनले फोनमा स्वागत गर्दै घरमा आउने निम्ता दिए, म गएँ ।’ उनले लेखेका थिए ।

Related Articles

Back to top button
Close