News

१५ जनाको उपस्थितिमा अभिनेता कपुरको अन्तिम विदाइ गर्न प्रशासनको अनुमति !

मुम्बई । बिहिबार नि’धन भएका भारतीय फिल्म उद्योगका प्रख्यात अभिनेता ऋषि कपूरको आजै अ’न्त्येष्टि गरिने भएको छ। उनको मुम्बईको मरिन लाइन्स क्षेत्रको चन्दनवाडीमा दा’हसंस्कार गरिने छ। लकडाउनको कारण १५ जना आफन्तलाई मात्र अ’न्त्येष्टिमा सम्मिलित हुन प्रशासनले अनुमति दिएको भारतीय सञ्चार माध्यमले जनाएका छन्। अन्तिम दर्शनको लागि नीतु कपुर, रणबीर कपुर, रणधीर कपुर मुम्बईमा छन्।

दिवंगत अभिनेता ऋषि कपुरकी छोरी रि’द्धमा कुपर पनि पिताको अन्तिम दर्शनका लागि दिल्लीबाट मुम्बई जाँदैछिन्।्रि पोर्टका अनुसार रणबीरकी प्रेमिका आलिया भट्ट पनि कपूर परिवारसँगै उपस्थित छिन्। प्रख्यात अभिनेता कपूरको ६७ वर्षको उमेरमा बिहीवार बिहान ९ बजे नि’धन भएको हो।

मङ्गलवार स्वास्थ्यमा स’मस्या देखिएपछि उनलाई मुम्बईस्थित एचएन रिलायन्स फाउन्डेशन अस्पतालमा भर्ना गरिएको थियो। क्या’न्सरबाट पी’डित अर्का प्रख्यात अभिनेता इरफान खानको पनि बुधवार नि’धन भएको थियो। ऋषि कपूरलाई फेब्रुअरी महिनामा दुई पटक अस्पताल भर्ना गरिएको थियो।

उनी कलाकार राज कपूरका माहिला छोरा हुन्। रणधीर कपूर जेठा दाइ हुन् भने ऋतु नन्दा र रिमा जैन बहिनी र राजीव कपूर भाइ हुन्। ऋषि कपूरले सन् १९७३ मा ‘बबी’नामक चलचित्रबाट आफ्नो व्यावसायिक अभिनय यात्रा आरम्भ गरेका थिए। बाल्यकालमा उनले ‘श्री ४२०’ र ‘मेरा नाम जोकर’मा पनि अभिनय गरेका थिए।

ऋषि कपूरले काम गरेको अन्तिम चलचित्र ‘द बडी’हो। उनले अर्को चलचित्र दीपिका पादुकोणसँग गर्ने घोषणा गरेका थिए। तर हलीवुडमा निर्मित ुद इन्टर्नु मा आधारित उक्त चलचित्रमा उनले काम भने गर्न पाएनन्। ऋषि कपूर विगत दुइ वर्षदेखि क्या’न्सरसँग ल’डाइ गरिरहेका थिए। सन् २०१८ मा ऋषि कपूर क्या’न्सरको उपचारका लागि अमेरिकाको न्यूयोर्क गएका थिए।

त्यहाँ थुप्रै महिना उपचार गरेपछि उनी भारत फर्केका थिए। भारत फर्किसकेपछि पनि उनी पटक पटक अस्पताल गइरहेका थिए। बिहिबार मुम्बईको एक अस्पतालमा कपुरले अन्तिम सास फेरेका हुन।

Related Articles

Back to top button
Close