News

ऋषि कपूरको नि’धनमा रनबिर देखि करिनाको रुवाइ, [ भिडियो सहित ]

भारतका एक प्रख्यात अभिनेता ऋषि कपूरको ६७ वर्षको उमेरमा बिहीवार बिहान नि’धन भएको छ। मङ्गलवार स्वास्थ्यमा स’मस्या देखिएपछि उनलाई मुम्बईको एचएन रिलायन्स फाउन्डेसन अस्पतालमा भर्ना गरिएको थियो। ऋषि कपूरका दाइ रणधीर कपूरले उनको नि’धन भएको पुष्टि गरेका छन्। बुधवार भारतमा क्या’न्सरसँग जुधिरहेका अर्का प्रख्यात अभिनेता इरफान खानको निधन भएको थियो। बुधवार रणधीर कपूरले भनेका थिए, “ऋषि अस्पतालमा क्या’न्सरसँग जुधिरहेका छन्। उनलाई सास फेर्न समस्या भइरहेको थियो। त्यसपछि उनलाई अस्पतालमा भर्ना गरिएको हो।”

फेब्रुअरीमा पनि ऋषि कपूरलाई दुईपटक अस्पताल भर्ना गरिएको थियो। ऋषि कपूर कलाकार राज कपूरका दोस्रो सन्तान हुन्। रणधीर कपूर, ऋतु नंदा, रिमा जैन र राजीव कपूर ऋषि कपूरका दाजुभाइ र दिदीबहिनी हुन्।ऋषि कपूरले आफ्नो फिल्मी करिअरको शुरूवात १९७३ मा बबी फिल्बाट गरेका थिए। यसबाहेक उनी बाल कलाकारको रूपमा श्री ४२० र मेरा नाम जोकर मा पनि देखिएका थिए।

ऋषि कपूरले इमरान हाशमीसँग अन्तिम फिल्म द बडीमा काम गरेका थिए।उनले आफ्नो अर्को फिल्म दीपिका पादुकोणसँग हुने घोषणा गरेका थिए।यो फिल्म हलिउड फिल्म द इन्टर्नको रिमेक हो। ऋषि कपूर विगत दुइ वर्षदेखि क्यान्सरसँग लडाइ गरिरहेका थिए। सन् २०१८ मा ऋषि कपूर क्यान्सरको उपचारका लागि अमेरिकाको न्यूयोर्क गएका थिए।
भिडियो हेर्नुहोस

सेल्फ क्वारेन्टाइनमा बस्दा पालना गर्नुपर्ने १५ नियम

१. म पर्याप्त भेन्टिलेसन भएको कोठामा एक्लै बस्नेछु र यो सम्भव नभएमा छुट्टै ओछ्यानमा सुतिरहेको अर्को व्यक्तिसँग कम्तिमा १ मिटर दूरी राख्नेछु ।

२. म छट्टै वाथरूम र शौचालयको प्रयोग गर्नेछु र यदि यो सम्भव नभएमा प्रयोग गरेपछि बाथरूम र शौचालय आफै सफा गर्नेछु ।

३. म आफू बस्ने कोठा आफै सफा गर्नेछु ।

४. म घरभित्र साझा रूपमा प्रयोग हुने ठाउँहरू जस्तै भान्सा, शौचालयमा मेरो आवातजावतलाई सीमित गर्नेछु । यी साझा ठाउँहरूमा पर्याप्त भेन्टिलेसन भएको वा झ्याल खुला रहने सुनिश्चित गर्नेछु ।

५. म स्वास्थ्य संस्था जान बाहेक अन्य कामको लागि घर बाहिर जाँदिन । म काममा, विद्यालयमा वा सार्वजनिक क्षेत्रहरूमा जाँदिन र सार्वजनिक यातायातको प्रयोग गर्दिन ।

६. म नियमित रूपमा आफ्नो हात साबुन र पानीले मिची मिची २) सेकेन्डसम्म धुनेछु वा हात सफा राख्न अल्कोहलयुक्त हेन्ड सेनिटाइजर प्रयोग गर्नेछु । म हात नधोइ मेरा आँखा, नाक र मुख छुनबाट जोगिनेछु ।

७ मैले प्रयोग गर्ने गिलास,कप, खाना खान प्रयोग हुने भाडा, तौलीया रुमाल,ओछ्यान वा अन्य सामानहरू घरका अन्य व्यक्तिहरूसँग साझा प्रयोग गर्दिन । प्रयोग गरेपछि यी सामानहरू म साबुन र पानीले सफासँग धुनेछु ।

८. म अन्य व्यक्तिहरूसंग प्रत्यक्ष सम्पर्क गर्ने छैन ।

९. यदि अन्य व्यक्तिहरूसंगको सम्पर्कमा आउनु पर्दा म कम्तिमा १ मिटर (३ फिट) को दुरी राख्नेछु र म अर्को व्यक्तिसँग एउटै कोठामा हुँदा र स्वास्थ्य संस्था जाँदा मास्क लगाउनेछु ।

१०. खोक्दा वा हाच्छिउँ गर्दा म मेरो मुख र नाकलाई टिस्यु, रुमाल र कुहिनाले छोप्नेछु ।

११. म आफ्नो कोठाबाट प्रयोग गरिएको टिस्यु, रूमाल, मास्क र अन्य चीजहरू छुट्टै फोहोर फाल्ने ठाउँमा फाल्नेछु र फालेपछि तुरून्तै कम्तिमा २० सेकेन्डसम्मका लागि आफ्नो हात साबुन र पानीले मिची मिची धुनेछु । रूमाल वा पुन प्रयोग गर्ने कपडा साबुन र पानीले सफासँग धुनेछु र यसलाई घाममा राम्ररी सुकाएपछि मात्र प्रयोग गर्नेछु ।

१२. म स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्राप्त निर्देशनहरूको पालना गर्नेछु र आवश्यक सहयोगको लागि सधैं तयार रहनेछु ।

१३. म क्वारेन्टाइनमा रहँदा आफ्नो शरीरको तापक्रम दैनिक एक पटक जाँच्नेछु र दिइएको फाराममा रेकर्ड गर्नेछु । मलाई दिईएको निर्देशन अनुसार १४ दिनसम्म मेरो दैनिक स्वास्थ्य स्थिति बारे तोकिएको स्वास्थ्य निकायमा जानकारी दिनेछु ।

१४. कुनै पनि स्वास्थ्य समस्या देखिएको खण्डमा वा क्वारेन्टाइनमा बस्दा अन्य केही समस्याहरू भएमा तोकिएको स्वास्थ्य निकायवाट प्राप्त निर्देशनहरू अनुरूप गर्नेछु ।

१५. म स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसंगको पूर्व अनुमति बिना क्वारेन्टाइन स्थान भन्दा बाहिर यात्रा गर्ने छैन । आवश्यक भएमा यहाँ सम्पर्क गर्न सक्नु हुनेछ ।

Related Articles

Back to top button
Close