News

हप्ता दिनमा एकै गाउँका ७ जनाको रहस्यमय मृत्यु, कोराना परीक्षण गरिँदै

महोत्तरी । महोत्तरीको एक बस्तीमा सातदिन यता लगातार ७ जनाको मृत्यु भएको छ । जिल्लाको भंगहा नगरपालिका वडा नम्बर ७ को मेघनाथ गोरहन्ना बस्तीमा एक हप्ताभित्र ७ जनाको मृत्यु भएको हो ।

केहि दिनदेखि लगातार रुपमा सर्वसाधारणहरुको रहस्यमयी तरिकाले मृत्यु हुन थालेपछि उक्त बस्ती र वरिपरि त्रास फैलिएको छ । एक साताभित्रै सो टोलमा ७ जनाको मृत्यु भएको भंगहा नगरपालिकाका मेयर सञ्जिव साहले जानकारी दिए ।

बुधबार राती स्थानीय ३२ वर्षीय सिकिन्दर सिंह र बिहीबार दिउँसो स्थानीय ५५ वर्षीय सिताई महराको मृत्यु भएको मेयर साहले जानकारी दिए । त्यसअघि मंगलबारदेखि बुधबारसम्म ४० वर्षीय मोहन चौधरी, ५२ वर्षीय नथुनी चमार, ५४ वर्षीय लालबाबु सिंह र बर्दिवास नगरपालिकाका ५२ वर्षीय गंगाराम सदाको मृत्यु भएको थियो । सुरुमा ५५ वर्षीय महेन्द्र चौधरीको समेत मृत्यु भएको साहले बताए ।

उनीहरुको मृत्यू वि-षा-क्त म-दि-रा सेवनको कारणले भएको हुनसक्ने आशंका गरिए पनि मृत्युको वास्तविक कारण भने अहिलेसम्म खुल्न सकेको छैन । बुधबारसम्म मृत्यु भएका ५ जनाको श-व दा-ह-सं-कार गरिसकिएको छ । बिहीबार राति मृत्यु भएका ३२ वर्षीय सिकिन्दर सिंहको शवलाई पो-ष्ट-मा-र्टमको लागि जिल्ला अस्पताल जलेश्वर लगिएको वडाध्यक्ष बासुदेवसिंह थारुले जानकारी दिए ।

टोलमा लगातार मृत्यु हुन थालेपछि स्थानीवासी अहिले निकै त्रसित छन् । बुधबार बिहान मृत्यु भएका गंगाराम सदाको श-व प्रहरीले नियन्त्रणमा लिन गएपनि उनको दा-ह सं-कार भइसकेको थियो ।

पो-स्ट-मा-र्टमसँगै कोरोना परीक्षण हुने
मृत्युको कारण खुल्न नसकेपछि स्थानीय प्रशासनले मृतकको पो-ष्ट-मा-र्टमसँगै कोरोना संक्रमणको परीक्षण समेत गर्ने भएको छ । के कारणले उनीहरुको मृत्यु भएको यस विषयमा पत्ता लगाउन एकजनाको श-वलाई पो-स्ट-मा-र्टमसँगै कोरोना परीक्षण गर्न लागिएको प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए । उनले भने– ‘र-क्सी-ले मृत्यु भएको आशंका गरिएपनि ३–४ दिनदेखि र-क्सी नखाएका व्यक्तिको पनि मृत्यु भएकोले पो-ष्ट-मा-र्ट-मसँगै कोरोना परीक्षण गर्ने तयारी गरेका छौं ।’ उनले भने– ‘एकजनाको श-व पो-स्ट-मा-र्टमको लागि ल्याएका छौं । पो-स्ट-मा-र्टमसँगै कोरोना परीक्षण पनि हुन्छ । त्यसको स्वाब लिन चिकित्सकको टोली पनि आएको छ ।

Related Articles

Back to top button
Close