News

सिंहदरबार गेट नजिक प्रदर्शन गर्ने नेविसंघ महामन्त्री पक्राउ

सिंहदरबारको दक्षिणी गेट नजिक प्रदर्शन गरेका नेपाल विद्यार्थी संघका महामन्त्री दिपक भट्टराईलगायतलाई प्रहरीले पक्राउ गरेको छ।

नेपाली भूमि लिपुलेक हुँदै भारतले सडक निर्माण गरेको विरोधमा नेविसंघले सोमबार सिंहदरबार गेट नजिकै प्रदर्शन गरेका थिए।

निषेधित क्षेत्रमा लकडाउनका बेला प्रदर्शन गरेको भन्दै प्रहरीले नेविसंघ महामन्त्री भट्टराईसहित १० जनाभन्दा बढीलाई पक्राउ गरेको हो।

प्रहरीले लोकेन्द्र भण्डारी, खगेन्द्र कर्ण, तप्दन सोपान बोहरा, किशोर गुरूङ, पम्फा गान्धारी, विश्वास सल्यानी, धर्म तुलाधर, मुक्ति ढकाल, नारायण हमाललगायतलाई पक्राउ गरेको हो।

Related Articles

Back to top button
Close