News

ज्यान मुद्दाका फरार अभियुक्त ९ महिनाछि पक्राउ

राजविराज : सप्तरीमा सवारी ज्यान मुद्दाका फरार एक किशोर ९ महिनापछि पक्राउ परेका छन् ।सप्तरीको कञ्चनरुप नगरपालिका २ बरमझियाका १८ वर्षीय रुस्तम भनिने नजबुल मन्सुरी पक्राउ परेको सप्तरी प्रहरीले जनाएको छ । पक्राउ परेका आरोपितलाई सप्तरी जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान कार्य सुरु गरिएको इलाका प्रहरी कार्यालय कञ्चनरुपका डीएसपी मकेन्द्रकुमार मिश्रले बताए ।

कञ्चनरुप नगरपालिका २ बरमझियास्थित पूर्व-पश्चिम राजमार्गमा मन्सुरीले चलाएको ना.३स २१०७ नम्बरको अटो रिक्साले सोही ठाउँका ७० वर्षीय रामेश्वर साहलाई भदौ ५ गते ठक्‍कर दिएको थियो ।

ठक्‍करबाट घाइते साहको उपचारका क्रममा न्युरो अस्पताल बिराटनगरमा भदौ ११ गते मृत्यु भएको थियो । अटो रिक्साको नम्बर हाल सगरमाथा यातायातमा दर्ता भई स.१ ह ३७६३ नम्बर भएको छ । सवारी चालक अनुमति पत्र नलिइ अटो रिक्सा चलाएका मन्सुरी घटनापछि फरार थिए।

Related Articles

Back to top button
Close