News

यस वर्ष अन्तर्राष्ट्रिय पर्यटन ८० प्रतिशतसम्म खुम्चिने एजेन्सी

अन्तर्राष्ट्रिय पर्यटनमा यस बर्ष ६० देखि ८० प्रतिशतसम्म गिरावट आउनसक्ने अनुमान गरिएको छ।

संयुक्त राष्ट्रसंघ अन्तर्गतको विश्व पर्यटन सङ्गठन (युएनडब्लुटीओ) ले कोरोनाभाइरसको सङ्क्रमण फैलिएकाले पर्यटकहरुको सङ्ख्यामा कमी आउने जनाएको हो।

यस वर्षको पहिलो चौमासिकमै पर्यटकको सङ्ख्यामा २२ प्रतिशत कमी आएको पनि अन्तर्राष्ट्रिय यस संस्थाले जनाएको छ।

विश्व स्वास्थ्य संगठनको अनुमान र अहिलेसम्मको अवस्थालाई हेर्दा अघिल्लो वर्षको तुलनामा यस वर्षभरीमा ६० देखि ८० प्रतिशत पर्यटक घट्ने देखिएको विश्व पर्यटन सङ्गठनले बताएको छ।

यस क्षेत्रका दशौं लाख जीवजन्तु खतरामा रहेको र यसले दिगो विकास लक्ष्य (एसडीजि)लाई पनि असर गर्ने देखिएको सङ्गठनले जनाएको छ।

कोरोनाभाइरसका कारण विश्वले अहिले अनपेक्षित रुपमा स्वास्थ्य र आर्थिक सङ्कट झेलिरहेको छ।

यसले पर्यटन क्षेत्रलाई पनि नराम्रोसँग असर पारेको राष्ट्रसङ्घीय अधिकारीहरुले बताएका छन्।

‘रोजगारीको धेरै अवसर दिएको पर्यटन क्षेत्रमा कार्यरत दशौँ लाख मानिसको रोजगारी सङ्कटमा परेको छ,’ युएनडब्लुटिओका महासचिव जुराब पोलोलिकाश्भीलीले भने।

Related Articles

Back to top button
Close