News

कोरोना उपचारमा खटिएका नर्सको मनोबल उच्च बनाउनुपर्छ: देउवा सेतोपाटी संवाददाता

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोनाभाइरस संक्रमितको उपचारमा खटिएका नर्सलाई सरकारले आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउनुपर्ने बताएका छन्।

मंगलबार विश्व नर्स दिवसमा शुभकामना दिँदै सभापति देउवाले स्वास्थ्य क्षेत्रमा क्रियाशील नर्सहरुको भूमिका अत्यन्त उच्च रहेको बताएका छन्।

‘आफ्नो घर परिवारलाई एकातिर छाडेर अत्यावश्यक स्वास्थ्य सामग्रीहरुको अभावकाबीच पनि उच्च मानवीय भावनाका साथ सीमित स्रोत र साधनको उच्चतम सदुपयोग गर्दै स्वाथ्योपचारको क्षेत्रमा क्रियाशील सम्पूर्ण नर्सहरुलाई विश्व नर्स दिवसको अवसरमा म उच्च सम्मान व्यक्त गर्दछु,’ देउवाले भनेका छन्।

कोरोना महामारीको अप्ठ्यारो समयमा निरन्तर संक्रमितको उपचार र हेरचाहमा अहोरात्र खटिएका नर्सहरुलाई पर्याप्त स्वास्थ्य सामाग्री उपलब्ध गराउन उनले माग गरेका छन्।

‘उहाँहरुको मनोवल उच्च राख्न कांग्रेसले बारम्बार सरकारको ध्यानाकर्षण गराउँदै आइरहेको छ। विश्व नर्स दिवसको अवसरमा पनि सरकारको पुनः ध्यानाकर्षण गराउँदै नर्सिङ क्षेत्रमा क्रियाशील सम्पूर्ण नर्सहरुमा पुनः शुभकामना व्यक्त गर्दछु,’ देउवाको भनाइ छ।

Related Articles

Back to top button
Close