News

भोलि सुरक्षाफौज लिएर लिपुलेक उड्दै सेनाको हेलिकप्टर !

भोलि सुरक्षाफौज लिएर लिपुलेक उड्दै सेनाको हेलिकप्टर !
बैशाख ३०, २०७७ST
13
Shares
facebook sharing button Sharetwitter sharing button Tweetpinterest sharing button Pinemail sharing button Emailsharethis sharing button

–नारायण ढुङ्गाना
काठमाडौं । लिपुलेकमा भारतले एकतर्फी सडक बनाएर उद्घाटन गरेपछि त्यस क्षेत्रको सीमा सुरक्षाका लागि नेपाली सेनाको हेलिकप्टरमा सशस्त्र प्रहरीको टोली पठाउने तयारी गरिएको छ । गृहमन्त्रालयका अनुसार बुधबार दार्चुलाको व्यास गाउँपालिका–१ स्थित छाङरुमा सीमा निगरानी चौकी (विओपी) स्थापनाका लागि टोली पठाउन लागिएको हो । गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले बुधबार सशस्त्र प्रहरीको फौज पठाउन लिखितरुपमा निर्देशन दिइसकेको जानकारी दिए । उनका अनुसार दोलीलाई सेनाको हेलिकप्टरले छाङरु पुर्याउने छ ।

चारदिनअघि भारतको पिथौरागढबाट नेपालको कालापानीस्थित गुञ्जी हुँदै चीनको मानसरोवर जाने लिपु भञ्याङसम्मको सडक निर्माण गरी भारतले उद्घाटन गरेपछि यसको सर्वत्र विरोध भइरहेको छ । त्यसैले सीमा रक्षाका लागि सरकारले तत्कालै त्यस क्षेत्रमा सशस्त्रको टोली पठाउन लागेको हो ।

Related Articles

Back to top button
Close