News

कोरोना पुष्टि हुनेमा कपिलवस्तु नगरपालिका वडा १ की २५ वर्षीय युवती रहेकी छन्। उनी जिल्ला अस्पताल तौलिहवामा कार्यरत रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। बताइएअनुसार, तौलिहवा स्थित आफ्नै घरबाट अस्पताल आउने/जाने गरेकी थिइन्।

उनलाई कोरोना कहाँबाट सर्यो भन्ने बारे केहि पनि खुलिसकेको छैन। अस्पतालकी नर्समा कोरोना भाइरस संक्रमणको पुष्टि भएसँगै अस्पतालका अरू कर्मचारीहरूको परीक्षण गर्ने तयारी गरिएको छ।

नर्समा समेत कोरोना देखिएपछि कपिलवस्तुमा कोरोनाको त्रास अझ बढेको छ। मंगलबार मात्र कपिलवस्तुमा ८ व्यक्तिमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ। जससँगै त्यस जिल्लामा संक्रमितको संख्या २१ पुगेको छ।

पर्साका ३९ जना, बाराका १ जना, कपिलवस्तु ८ र रुपन्देहीमा ९ जना गरी मंगलबार एकै दिन ५७ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ। जससँगै नेपालमा कोरोना संक्रमितको संख्या १९१ पुगेको छ। नेपालमा हाल सम्म ३३ जना संक्रमित निको भएर घर फर्किसकेका छन्।

Related Articles

Back to top button
Close