News

“विदेशमा रहेका नेपालीको नोट चाहिने, तर जिउज्यानकाे बारेमा चिन्ता चाहिं नगर्ने?” – बाबुराम

काठमाडौँ – पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले भारत सहित अन्य मुलुकमा रहेका नेपालीहरुको सुरक्षित तरिकाले उद्धार गर्न माग गरेका छन्।

सामाजिक संजाल ट्वीटर मार्फत भट्टराईले देशको अर्थतन्त्र रेमिटेन्समा भर परेको उल्लेख गर्दै भारत सहित अन्य देशमा रहेका नेपालीहरुलाई घर फर्किन दिनुपर्ने माग गरेका हुन्।

“देशको अर्थतन्त्र रेमिटेन्समा भरपर्छ, विदेशमा (भारत सहित) रहेका नेपालीको नोट चाहिने तर जिउज्यानकाे बारेमा चिन्ता नगर्ने?”,भट्टराईले प्रश्न गर्दै भनेका छन्।

सरकारले उचित सावधानी तथा प्रबन्ध गरेर नेपालीलाई भित्र्याउन नसक्दा भारतबाट लुकिछिपी नेपाल प्रवेश गर्ने क्रम बढेको र त्यसले नेपालमा कोरोनाको जोखिम अझ बढाएको भट्टराईको दावी छ।

“उचित सावधानी तथा प्रबन्ध गरेर नेपालीलाई नभित्र्याउँदा लुकिछिपी आउने क्रम बढिरहन्छ जुन झन् जोखिमपूर्ण हुन्छ । नेपालीलाई सुरक्षित तरिकाले घर फर्कन देऊ !”,भट्टराईले सामाजिक संजालमा लेखेका छन्।

Related Articles

Back to top button
Close