News

ललितपुर पुल्चोकको आरोग्य प्रतिष्ठान सिल गरियो

ललितपुर : ललितपुरको पुल्चोकस्थित आरोग्य प्रतिष्ठानमा प्रहरीले सिल गरेको छ। केही दिनअघि सुनसरीको झुम्काबाट भक्तपुर आएकी नर्समा कोरोना संक्रमण रहेको मंगलबार पुष्टि भएको थियो। ती नर्सको सम्पर्कमा रहेकाको खोजी गर्दा उनकी साथीले आरोग्य प्रतिष्ठानमा काम गरेको देखिएपछि आरोग्य प्रतिष्ठान सिल गरिएको हो।

महानगरीय प्रहरी परिसर ललितपुरका अनुसार हाल प्रहरी निरीक्षकको कमाण्डमा थप अनुसन्धानका लागि सिल गरिएको जानकारी दिएको छ।जिल्ला स्वास्थ कार्यालयले संक्रमितको सम्पर्कमा रहेकाले आरोग्य प्रतिष्ठानसँगै रहेको निदान अस्पतालमा पनि काम गरेको देखिएको बताएको छ। यस बिषयमा थप जानकारी लिइँदै गरेको स्वास्थ कार्यालयले जनाएको छ।

 

यो पनि पद्नुहोस

कालिकोट : जिल्लामा ४ सय ८१ जनाको र्‍यापिड टेस्ट गरिएको छ । स्वास्थ्य सेवा कार्यालय कालिकोटका अनुसार बुधबारसम्म जिल्लाका ९ वटै स्थानीय तहमा गरी कुल ४ सय ८१ जना मानिस र्‍यापिड टेस्ट गरिएको हो ।

स्वास्थ्य सेवा कार्यालयका जनस्वास्थ्य अधिकृत तथा सूचना अधिकारी कटकबहादुर महतका अनुसार विदेबाट आएका तथा संकास्पद ठाउँबाट आएका मानिसलाई लक्षित गरी नमुनाका रुपमा र्‍यापिड टेस्ट गरिएको छ । उनका अनुसार र्‍यापिड टेस्ट गरिएका सबै मानिसको रिपोर्ट नेगेटिभ आएको छ ।

उनका अनुसार जिल्लाको खाँडाचक्र नगरपालिकामा ५५, शुभकालिका गाउँपालिकामा ५०, सान्नीत्रिवेणी गाउँपालिकामा ५१, रास्कोट नगरपालिकामा ८२, पलाँता गाउँपालिकामा १२, पचालझरना गाउँपालिकामा ४६, नरहरीनाथ गाउँपालिकामा ६९, तिलागुफा नगरपालिकामा ३७ र महावै गाउँपालिकामा ८७ गरी जम्मा ४ सय ८१ जनाको र्‍यापिड टेस्ट गरिएको हो ।

जिल्ला भरी १९ जनाको स्वाब संकलन गरि परिक्षण गरिएको छ । कुनै पनि कोरोनाको लक्षण नभेटिएको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । पछिल्लो समय जिल्ला बाहिरबाट व्यापक रुपमा मानिसहरु भित्रिएकाले जिल्ला बाहिरबाट भित्रिएका मानिसलाई लक्षित गरी र्‍यापिड टेस्ट गरिँदै आएको छ ।

नेपालगञ्जलगायतका मुलुकका विभिन्न सहरमा कोरोनाको संक्रमण बढ्दै गएका कारण जिल्लामा थप सतर्कता अपनाइएको प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेलले बताए । उनका अनुसार प्रदेश सरकारको पहलमा जिल्लाका गाउँ गाउँमा परीक्षण सुरु गर्नुका साथै जिल्ला सदरमुकामका ५० बेडको आइसोलेसन बेडको तयारी गरिएको छ ।

पछिल्लो समय जिल्ला बाहिरबाट आएका मानिसलाई बस्नका लागि व्यवस्था गरिएका क्ववारेन्टाइन खाली हुँदै गएका छन् । जिल्लाका ९ वटै स्थानीय तहमा हाल १५ जना मानिस मात्र क्वारेन्टाइनमा छन् । स्वास्थ्य सेवा कार्यालयका अनुसार जिल्लाको खाँडाचक्र नगरपालिकामा ३ जना, पचालझरना गाउँपालिकामा ४ जना, सान्नीत्रिवेणी गाउँपालिकामा २ जना र नरहरीनाथ गाउँपालिकामा ६ जना मात्र क्वारेन्टाइन छन् ।  अन्य स्थानीय तहमा रहेका क्वारेन्टाइन खाली छन् । जिल्लामा हालसम्म १ हजार १ सय ५३ जना क्वारैनटाइनमा बसेर घर फर्किएका छन् ।

 

Related Articles

Back to top button
Close