News

प्रधानमन्त्री केपी शर्मा ओलीले सीमा विवादलगायतका विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सीमा विवादलगायतका विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेका छन्।

भारतले नेपाली भूमिभित्र सडक बनाएर चीनको सिमानासम्म पुर्याएपछि सो विषयमा छलफल गर्न प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक बोलाएका हुन्। बैठकमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दल र पूर्व प्रधानमन्त्रीलाई बोलाइएको प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिए।

 

यो पनि पद्नुहोस

काठमाडौं। कोरोनाभाइरसलाई विश्वव्यापी महामारी घोषणा नगर्नको लागि चीनले विश्व स्वास्थ्य संगठनलाई धम्की दिएको एक रिपोर्टमा दावी गरिएको छ । अमेरिकाको सेन्ट्रल इन्टेलिजेन्स एजेन्सी (सीआइए)को हवाला दिँदै प्रकाशित रिपोर्टमा चीनले विश्व स्वास्थ्य संगठनलाई कोरोनाभाइरसलाई विश्वव्यापी महामारी घोषणा नगर्न धम्की नै दिएको दावी गरिएको हो ।

यसअघि जर्मनीको फेडरल इन्टेलिजेन्स सर्भिसले पनि यस्तै जानकारी सार्वजनिक गरेको थियो । पछिल्लो पटक न्यूजविकको रिपोर्टमा पनि चीनले विश्व स्वास्थ्य संगठनलाई दबाब दिएर कोरोनाभाइरसबारे चेतावनी जारी गर्न ढिलाइ गरेको सीआइएले विश्वास गर्ने उल्लेख छ । चीनले विश्व स्वास्थ्य संगठनलाई धम्की दिएको थियो कि यदि संगठनले विश्वव्यापी चेतावनी जारी गरेमा चीनले संगठनलाई कोरोना जाँचमा सहयोग गर्न बन्द गर्नेछ ।

रिपोर्टमा चीनले विश्व स्वास्थ्य संगठनलाई जनवरीको सुरुवातमा यस्तो धम्की दिएको रिपोटृमा दावी गरिएको छ । रिपोर्टमा त्यो समयमा चीन अमेरिकासहित अन्य देशमा बनेका पीपीइसहित अन्य सुरक्षात्मक सामग्रीहरु जम्मा गर्ने काममा लागेको आरोप पनि लगाइएको छ । सीआइएको दस्तावेज ‘युएन चाइनाः डब्लुएचओ माइण्डफुल बट नट बिहोल्डेन टु चाइना’ आधारमा यो दावी गरिएको हो ।

यसअघि जर्मनीको म्यागजिन डेर स्पिगेलले पनि आफ्नो देशको इन्टेलिजेन्सबाट प्राप्त जानकारीका आधारमा चीनका राष्ट्रपति सी जिनपिङले विश्व स्वास्थ्य संगठनका प्रमुखलाई व्यक्तिगत रुपमा कोरोनाभाइरसलाई विश्वव्यापी महामारी घोषणा गर्न ढिलाइ गर्न आग्रह गरेको दावी गर्दै रिपोर्ट प्रकाशित गरेको थियो ।

 

Related Articles

Back to top button
Close