News

बझाङमा पहिलो पटक आरडिटी पोजिटिभ।

बझाङ : भारतको झुलाघाटबाट दुई साता अगाडी बझाङ आएका एक जनाको आरडीटी परीक्षण गर्दा पोजिटिभ देखिएको छ। बित्थडचिर गाउँपालीकाको देउलेखमा रहेको क्वारेन्टाइनमा बस्दै आएका व्यक्तिहरुको हिजो आरडीटी परीक्षण गर्दा एक जनामा पोजिटिभ रिपोर्ट देखिएको हो।

आरडिटी गर्दा रिपोर्ट पोजिटिभ आएपछि उनलाई तत्काल जिल्ला अस्पताल ल्याएको जिल्ला अस्पतालका डाक्टर सन्दिप ओखेडाले बताए। ‘आरडीटी टेष्ट किटद्वारा परीक्षण गर्दा पोजिटीभ देखिएको छ’ डाक्टर ओखेडाले भने ‘यो चेकले मात्र पुष्टी हुँदैन उहाँको पीसीआर रिपोर्ट आएपछि मात्रै थाहा हुन्छ।’

आरडीटी परिक्षण गर्दा एक जनामा पोजिटिभ रिपोर्ट देखिएपछि देउलेखको क्वारेन्टाइनम बस्दै आएका अन्य १० जनाको पनि स्वाव परीक्षणका लागि धनगढी पठाएको छ। रिपोर्ट बिहीबार आउने डाक्टर आखेडाले बताए। जिल्लामा गरिएको आरडीटी परीक्षणबाट पोजिटिभ रिपोर्ट आएको यो पहिलो ब्यक्ति हुन्।
बझाडका ३५ वटा क्वारेन्टाइममा अहिले पनि ५ सय ३१ जना रहेछन्। जिल्लामा पिसीआर विधिबाट ७१ जना र आरडिटी विधिबाट ८ सय ९४ जनाको स्वास्थ्य परिक्षण गरिएको छ।

Related Articles

Back to top button
Close