News

Breaking newsचार सुरक्षाकर्मीमा कोरोना संक्रमण

कपिलवस्तु : कोरोना भाइरसको परीक्षणका लागि संकलन गरिएको स्वाब परीक्षणको रिपोर्ट अनुसार कृष्णनगर क्षेत्रका ४ जना सुरक्षाकर्मीहरुमा कोरोना पोजिटिभ देखिएको छ।

बुधबार साँझ सार्वजनिक गरिएको स्वाब परीक्षण रिपोर्ट अनुसार कृष्णनगरमा २ जना नेपाल प्रहरी, १ जना सशस्त्र प्रहरी र १ जना राष्ट्रिय अनुसन्धानका सुरक्षाकर्मीहरु रहेका छन्। सशस्त्र प्रहरी तर्फका एक जना सब इन्स्पेक्टर, नेपाल प्रहरी तर्फका एक जना सब इन्स्पेक्टर र ईलाका प्रहरी कार्यालयका चालक हवल्दार र एक जना राष्ट्रिय अनुसन्धान विभागका असई रहेका छन्। चालक हवल्दारको रिपोर्ट नेगेटिभ देखिएको छ।

कोरोना भाइरसविरुद्ध फ्रन्ट लाईनमा काम गर्ने सुरक्षाकर्मीहरुलाई राज्य तर्फबाट कुनै खालको सुरक्षा सामाग्री प्रदान नगरिँदा यस्तो अवस्था आएको एक सुरक्षा अधिकारीले बताए। सुरक्षाकर्मीहरु पिपिई, मास्क, सेनेटाइजर, ग्लोब्सलगायतका अति आवश्यक सुरक्षा सामग्रीको अभावमै ड्युटी गरिरहेको सशस्त्र प्रहरी उपरीक्षक जनक पुरीले बताए। नेपालमा हालसम्म २४३ जना संक्रमित भएका छन्।

Related Articles

Back to top button
Close