News

मासिक राशिफलः यी ७ राशिका लागि शुभ छ जेष्ठ महिना, तपाईको कुन ?

मेष

मेष राशि हुने व्यक्तिको लागि यो महिना तपाईका लागि तसै उन्नतिकर । केही पक्षमा तनाब महशुस भएपनि अधिकांश पक्षमा अनुकूल एवं सफलताप्रद देखिएको छ। औद्योगिक व्यवसायका क्षेत्रमा अनुकूल छ भने महत्त्वपूर्ण कामकार्य बन्ने छन्।

वृष

वृष राशि हुने व्यक्तिका लागि यो महिना मानसम्मान एवं लाभ मिल्नेछ। र पनि महत्तवाकांक्षाले तनाब उत्पन्न होला । केही उपलब्धि एवं व्यवसायिक लाभ प्राप्त हुने छन्। पित्तविकार, चोट तथा हृदय रोगको सम्भावना रहेको छ। तपाईका लागि यो महिनामा भगवान सूर्य नारायण, महावीर हनुमान र भैरवदेवको दर्शन भक्ति स्तुती उपाशना गर्नु शुभदायक हुनेछ।

मिथुन

मिथुन राशिका लागि यो महिनामा अल्लि संघर्षकर छ। र पनि बढी मेहनतले केही उपलब्धि एवं सफलता मिल्ने छ । योजना भन्दा बाहिरको काम बनेर आकस्मिक लाभ मिल्ने छ । केही सद्सम्म व्यापार व्यवसाय फस्टाउने छन्। मानप्रतिष्ठामा वृद्धि हुनेछ।

कर्कट

कर्कट राशिका लागि यो महिना संघर्ष एवं स्वास्थ्यमा प्रतिकुलताका बाबजुत केही काम कार्यमा सफलता र लाभ मिल्ने छ। पाएको आश्वासन पूरा हुन कठिन छ । तसर्थ आशा नगरेको राम्रो हुनेछ। बरु आशा नगरेको तर्फबाट उपलब्धि मिल्ने छ। ज्वरो, चोटपटक एवं घाऊ खटिरा जन्य स्वास्थ्य समस्या देखिन सक्ने छन्।

सिंह

सिंह राशि हुने व्यक्तिका लागि यो महिना कुनै पक्षमा सुधार त कुनै पक्षमा अबरोधयुक्त रहने छ। केही उन्नति एवं उपलब्धिमूलक र केही सफलता मिल्ने छ। पेशागत प्रतिष्ठा बढ्ने छ। राजनीति एवं सामाजिक भूमिका बढेर जाने छ।

कन्या

कन्या राशिका लागि यो महिना केही सुधारात्मक छ। बढी महत्त्व दिएका कार्यमा अबरोध आएपनि दैनिकी कार्यमा सफलता र उन्नति हुनेछ। व्यवसायिक प्रगति हुनेछ। समय पुरुषार्थीकर छ। कर्मयोगीहरुलाई सफलता मिल्नेछ। इष्टदेव–गुरुजन तथा आस्थामा ह्रास आउन सक्नेछ।

तुला

तुला राशि हुनेहरूका लागि यो महिना मिश्रित छ । संघर्ष एवं अबरोधको सामना गर्न पर्ने र स्वास्थ्यमा पनि केही प्रतिकूलता देखिने छ। आहारविहारमा ख्याल पुर्याउनु बुद्धिमानी हुनेछ। विपक्षी सक्रिय रहने तथा विश्वासघात र आरोप्रत्यारोपको सामना गर्नु पर्नेछ।

वृश्चिक

बृश्चिक राशि हुने व्यक्तिका लागि यो महिना त्यति सहज देखिएको छैन्। महत्त्वपूर्ण काममा रोकावट आउनसक्ने छन्। दैनिक पेशा तथा व्यवसायको क्षेत्रबाट सामान्य लाभ हुल्नेछ । दाम्पत्य कष्ट तथा प्रेममा बाधा उत्पन्न हुनेछ।

धनु

धनु राशि हुनेहरूका लागि यो महिना केही पक्षमा अनुकूल छ। अधुरा कामकार्यहरुलाई पूर्णता दिन सकिने छ । तथापि व्यक्तित्त्व एवं कर्मक्षेत्रको प्रतिष्ठा बचाउन निकै व्यवहारिकता र संयमको जरुरी पर्नेछ। शिक्षा व्यवसायी र विद्यार्थीका लागि समय सफलताकर रहेको छ।

मकर

मकर राशिका लागि यो महिना आंशिक सुधार हुनेछ । र पनि विशेष महत्त्वपूर्ण कामहरुमा अड्चन आउने छन्। सामान्य कामकार्यहरुमा भने केही सफलता मिल्ने छ। पारिवारिक एकताबाट विशेष कठिनाईलाई निवारण गर्नसकिने छ।

कुम्भ

कुम्भ राशि हुने व्यक्तिहरूले यो महिना अल्लि सावधानी अप्नाउन पर्नेछ । होस् भनेको काममा अबरोध भएपनि नसोचिएको काम बनेर अप्रत्यासित लाभ भने हुनसक्ने छ । र पनि कामकार्यमा अनायाशै अवरोध आइपर्न सक्नेछ ।

मीन

मीन राशि हुनेहरूका लागि यो महिना अल्लि अलमल रहने छ। कुनै पक्षमा लाभ त कुनै पक्षमा क्षतिखति हुनसक्ने देखिएको छ। वाणी एवं समय र अवसरको सदुपयोग गर्नाले मान्छेको मन जित्न र पेशाबाट आर्थिक लाभ गर्नसकिने छ। पुरुषार्थ तथा शारीरिक जोशजाँगर बढेर आउने छ।

Related Articles

Back to top button
Close