News

मनका धनि यी जोडीले बाँडे १२५ मजदुर परिवारलाई राहत

मनका धनि यी जोडीले बाँडे १२५ मजदुर परिवारलाई राहत

 

लहान, १ जेठ – सरकारले गरेको लकडाउनको मारमा परेका सिरहाको लहान बजार क्षेत्रभित्रका १२५ विपन्न, गरिब तथा मजदुर परिवारलाई एक दम्पतीले आज बिहान राहत वितरण गरेका छन् । लहान निवासी महेश चौधरी र उहाँकी पत्नी सङ्गीता कर्माचार्यले लहान बजार क्षेत्रमा ठेला, रिक्सा, चियापसल तथा चटपटे पसल गरी जीवन गुजारा गर्दै आएका मजदुर, विपन्न परिवारलाई राहत वितरण गरेको हो ।

लहानस्थित एपोलो ॐ स्कुलका सञ्चालक चौधरी र नेपाल महिला सङ्घका केन्द्रीय सदस्य कर्माचार्यले प्रतिपरिवार चामल १० केजी, दाल, नुन र आलु र सोयविनलगायत सामग्री राहत स्वरुप वितरण गर्नुभएको छ । लामो समयदेखि जारी लकडाउनका कारण मजदुरी बन्द हुँदा छाक टार्न समस्यामा परेका विपन्न, मजदुर परिवारलाई राहत वितरण गरिएको चौधरीले बताउनुभयो । ती दम्पतीले लकडाउन भएको पहिलो सातादेखि नै लहानका विभिन्न स्थानमा दैनिक मजदुरी गरीखाने अतिविपन्न परिवारलाई राहत वितरण गर्दै आएका छन् ।(रासस)

Related Articles

Back to top button
Close