News

काठमाडौँको टिचिङ अस्पतालमा उपचाररत ६ बर्षिया बालिकामा देखियो कोरोना संक्रमण

काठमाडौं । नेपालमा कोरोना संक्रमितको दर ह्वात्तै बढीरहेका बेला काठमाडौँमा कोरोना संक्रमितहरुको संख्या थप बढीरहेको छ । काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल (टिचिङ अस्पताल)मा उपचाररत ६ वर्षीया बालिकामा कोरोना संक्रमण देखिएको छ ।

टिचिङ अस्पतालका अनुसार उनी कपिलवस्तुबाट ६ दिन अगाडि उपचारका लागी काठमाडौं आएकी थिइन् ।

६ दिन अगाडि उपचारका लागी काठमाडौं आएकी ६ वर्षीया बालिकामा कोरोना संक्रमण भएको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका कोभिड(१९ व्यवस्थापन समितिका संयोजक डा. सन्त कुमार दासले पुष्टी गरे । काठमाडौँमा यसअघि नै ६ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले पुष्टी गरेको छ ।

 

 

 

यो पनि पद्नुहोस

काठमाडौँ – कोरोनाको जोखिम बढेसँगै काठमाडौं उपत्यकामा सम्पूर्णको कोरोना परिक्षण गरिने भएको छ।

I
काठमाडौँ उपत्यका बाहिरबाट फर्कि आउनेको संख्या उच्च रहेको थाहा हुन आएसँगै काठमाडौं उपत्यकामा सर्वसाधारण सबैको कोरोना भाइरस परीक्षण गरिने भएको हो।

विभिन्न चरण गरेर काठमाडौं उपत्यकामा रहेका सम्पूर्णमा कोरोना परीक्षण गरिन लागिएको स्वास्थ्य सेवा विभागले जनाएको छ। विभागका अनुसार पहिलो चरणमा स्वयंसेवक, तरकारी व्यापारी, पत्रकार, सुरक्षाकर्मी लगायतको कोरोना परीक्षण गरिनेछ।

 

बिहिबार देखिनै कोरोना परिक्षण शुरु गर्ने तयारी गरिएको बताइएको छ। । शुरुमा कालीमाटी फलफूल तथा तरकारी बजारमा रहेका व्यापारीमा कोरोना भाइरस संक्रमण परीक्षण गरिने स्वास्थ्य सेवा विभागको भनाई छ।

 

 

 

 

Related Articles

Back to top button
Close