News

शिक्षण अस्पताल पहिलो पटक देखियो कोरोना : ६ वर्षीया बालिकामा संक्रमण

काठमाडौं : त्रिवि शिक्षण अस्पताल काठमाडौंमा पहिलो पटक कोरोना भाइरसको संक्रमण देखिएको छ। घाँटी दुख्ने समस्याले सताएपछि त्रिवि शिक्षण अस्पतालमा भर्ना भएकी ६ वर्षीय बालिकामा कोरोना संक्रमण भेटिएको हो।

कपिलवस्तुबाट उपचारका लागि मंगलबार अस्पताल भर्ना भएकी ६ वर्षीया बालिकामा कोरोना भाइरस पोजिटिभ देखिएको कोभिड १९ म्यानेजमेन्ट टीमका संयोजक डा. सन्तकुमार दासले जानरी दिए। बालिकाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा स्वाब परीक्षण गरिएको हो।

काठमाडौंमा सबैभन्दा कम उमेरको व्यक्तिमा कोरोना देखिएको यो पहिलो पटक हो। त्रिवि शिक्षण अस्पतालका निर्देशक प्रेमकृष्ण खड्गाले अहिले अस्पतालमा मिटिङ बसिरहेको उल्लेख गर्दै थप विवरण केही समयपछि सार्वजनिक गरिने बताए। बालिकालाई अहिले शिक्षण अस्पतालको आइसोलेसनमा राखिएको छ।

Related Articles

Back to top button
Close