News

अपरिचित व्यक्तिको अन्धाधुन्ध गो*ली प्र*हारबाट प्रहरी अधिकृतसहित ५ जनाको मृत्यु

पाक्तीया, १ जेठ (रासस–एएनआई) –– अफगानिस्तानको पाक्तीया प्रान्तको राजधानी शहर गार्डेजमा एक अपरिचित व्यक्तिको अन्धाधुन्ध गो-ली प्र- हारबाट पाँच जनाको ज्या-न गएको छ ।

पाक्तीया प्रहरी मुख्यालयका प्रमुख लुटफुल्लाह कमरानले उक्त गोलीकाण्डबाट मारिनेहरुमा एक जना प्रहरी अधिकृत सहित अरु चार जना सर्वसाधारण रहेको जानकारी दिनुभयो ।

कमरानका अनुसार उक्त गो-लीका-ण्ड बुधबार अपराह्न भएको थियो । कुनै पनि समूहले उक्त घटनाको जिम्मेवारी लिएका छैनन् ।

 

 

यो पनि पद्नुहोस

काठमाडौँ । बेलायतमा कोरोना भाइरस (कोभिड–१९ं) को संक्रमणबाट ६१ जना नेपालीको ज्यान गएको छ ।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए/एनसीसी) युकेले बेलायतका गैरआवासीय नेपालीमा भएको कोरोना संक्रमणसम्बन्धी बुधवार एक विस्तृत तथ्याङक सार्वजनिक गर्दै ६१ जना नेपालीले ज्यान गुमाएको जनाएको छ ।

संघले आफ्नो आधिकारिक वेभसाइटमा राखेको तथ्याङक अनुसार मे १३ तारिख बुधवार दिउँसोसम्म बेलायतमा कोरोना संक्रमित नेपालीको संख्या ७ सय ४७ पुगेको छ । तीमध्ये ६१ जनाको मृत्यु भएको हो ।

तथ्याङकमा कोरोना संक्रमितमध्ये उपचारको लागि अस्पतालर्म भर्ना हुने नेपालीको १ सय १५ छ । अस्पतालमा भर्ना भएकामध्ये ३७ जना उपचारपछि पूर्ण रुपमा निको भएर घर फर्केका छन् । त्यस्तै १७ जना नेपाली अझैसम्म पनि उपचारकै क्रममा अस्पतालमै रहेको उल्लेख छ ।

संघले संकलन गरेको तथ्याङकमा कोरोनाको लक्षण देखा परेर ६ सय ३२ जना घरमा नै आइसोलेसनमा बसेका भएपनि ५ सय ७० जना ठिक भैसकेका छन् । जसमा ६२ जना अझै आईसोलेसनमा रहेका छन् ।

एनआरएनए युकेद्वारा सञ्चालन गरेको हेल्फलाइन र देशैभर रहेका संघका पदाधिकारीहरुको सक्रियतामा यो तथ्याङक संकलन गरिएको हेल्पलाइनका संयोजक एवम् एनआरएनए यूकेका सचिव जीत रानाभाटले बताएका छन् ।

उनका अनुसार महामारी सुरु भएयता बेलायतमा अन्य थुप्रै व्यक्तिहरुको निधन भएको जानकारी संघमा आएको र तीमध्ये केहीमा कोरोनाको आशंका गरिएपनि पुष्टि भने बाँकी छ ।

 

 

Related Articles

Back to top button
Close