News

कालीमाटी तरकारी बजारमा कोरोना परीक्षण (फोटो फिचर)

काठमाडौं : बिहीबार उपत्यकाको ठूलो कालीमाटी तरकारी तथा फलफूल बजारमा कोरोना परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र काठमाडौं महानगरको सहकार्यमा बिहीबार बजारभित्र तरकारी ढुवानी र विक्रीमा संलग्नको कोरोना परीक्षण गरिएको हो ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को त्रास बढ्दै गएपछि व्यस्त मानिएको तरकारी बजारका व्यवसायी, चालक, भरिया, सरसफामा संलग्न कर्मचारी, सुरक्षाकर्मीको नमुना परीक्षण गरिएको हो । मन्त्रालयका अनुसार बिहीबार आरडीटी नमुना चार सय र पीसीआर नमुना दुई सयको नमुना लिएको छ । अन्य थप कर्मचारी र व्यवसायीको नमुना शुक्रबार लिने तयारी छ ।

संक्रमणको जोखिम हुने मानिएका व्यवसायी, स्वास्थ्यकर्मी र अस्पतालका कर्मचारीको परीक्षणलाई बढाउने तयारी सरकारले गरेको छ । सोही योजना अनुसार बिहीबार तरकारी बजारबाट नमुना संकलन सुरु गरिएको हो । कोरोना परीक्षणका लागि बिहीबार बिहान बजार क्षेत्रमा भिड लागेको थियो ।
फोटो र भिडियो : सुनिता डंगोल

Related Articles

Back to top button
Close