News

ललितपुर ६ का वडाध्यक्ष हिटलरको सूचना : बाहिरबाट आएकालाई प्रवेश दिए घर नै सिल

काठमाडौं : ललितपुर वडा नम्बर ६ मा कोठा भाडामा बस्ने मानिस लकडाउनको समयमा बाहिरी जिल्ला वा विदेशबाट फर्किआएका भए प्रवेश निषेध गरिएको छ। विश्वव्यापी फैलिएको कोरोना संक्रमण रोक्न लकडाउनको समयमा बाहिर गएकालाई घरमा प्रवेश निषेध गरिएको वडा अध्यक्ष हिटलर शाक्यले बताए ।

विज्ञप्ति जारी गर्दै उनले भाडामा बस्ने मानिस विभिन्न कारणले बाहिर गएको भए फोन गरेर घरबेटीले घरमा प्रवेश निषेध गरिएको जानकारी दिनुपर्ने उल्लेख गरेका छन् ।

घरधनीले लुकाइछिपाइ प्रवेश दिए घर सिल गरिने चेतावनी उनले दिएका छन् । ‘यस वडाका घरधनीले सूचना लुकाइ प्रवेश दिएको अवस्थामा त्यस्ता घरमा ताला लगाइ सिल गरिने छ’, उनले भने, ‘क्वारेन्टाइनमा लाग्ने सम्पूर्ण खर्च घरधनीले ब्यहोर्नु पर्नेछ।’

लकडाउनमा आएका व्यक्ति संक्रमित प्रमाणित भएको अवस्थामा घरधनीले क्षतिपूर्ति व्यवस्था गर्नुपर्ने वडाअध्यक्ष हिटलरको भनाइ छ । उनले वडाभित्रका सबै टोल सुधार समिति, संघ, संस्थालाई आ-आफ्नो टोलभित्र बाहिरी मानिसको आवत जावतलाई रोक्न,टोलभित्र फलफूल, तरकारी तथा अन्य खाद्य पसल तोकिएको समयमा मात्र समाजिक दूरी कायम गरी सञ्चालन गराउन तथा संक्रमण अझै बढ्दै गएमा र आवश्यक परेको खण्डमा आ-आफ्नो टोललाई सिल गर्न अनुरोध गरेका छन्।

Related Articles

Back to top button
Close