News

उपत्यका नगरपालिका फोरमका पदाधिकारीले गृहमन्त्री रामबहादुर थापालाई उपत्यकाको आवतजावत कडाइ गर्न माग गरेका छन्। उपत्यका नगरपालिका फोरमका पदाधिकारीले गृहमन्त्री रामबहादुर थापालाई उपत्यकाको आवतजावत कडाइ गर्न माग गरेका छन्।

उपत्यका नगरपालिका फोरमका पदाधिकारीले गृहमन्त्री रामबहादुर थापालाई उपत्यकाको आवतजावत कडाइ गर्न माग गरेका छन्।

बिहीबार गृहमन्त्रालयमा गृहमन्त्रीको अध्यक्षतामा बसेको बैठकमा यो सुझाव दिएको नगरपालिका फोरमका अध्यक्षसमेत रहेका काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले जानकारी दिए।

संयुक्त बैठकमा मन्त्रालयका सचिव, तीन वटै जिल्ला प्रमुख, तीनै निकायका सुरक्षा प्रमुखसहित उपत्यकाका विभिन्न नाकाका स्थानीय तहका प्रमुखको उपस्थिति थियो।

‘उपत्यका नगरपालिका फोरमले दिएका सुझाव पूर्णरूपमा पालना गर्न गृहमन्त्रीज्यूसँग आग्रह गरेका छौं,’ शाक्यले सेतोपाटीसँग भने, ‘लाखौंको संख्यामा रहेका उपत्यकावासीले सरकारको निर्णय पालना गरिरहेका अवस्थामा केही व्यक्तिको आवतजावतले उपत्यका अशान्त बनिरहेको छ। त्यसैले आज गृहमन्त्रीज्यूलाई उपत्यका नाकामा कडाइ गर्नेभन्दा पनि प्रस्थान विन्दुबाटै आवतजावत रोक्ने कुरा कडाइसाथ पालना गर्ने वातावरण निर्माण गर्न आग्रह गरेका छौं।’

आवतजावत कडाइ गर्दै प्रस्थान विन्दुमै सबैलाई नियन्त्रण गर्नुका साथै अत्यावश्यक कामका लागि उपत्यका आउनुपर्ने व्यक्ति कुन पालिकामा आउने हो, त्यहाँको पालिका र जिल्ला प्रशासनलाई समेत अनिवार्य जानकारी गराउने व्यवस्था गर्न पनि आग्रह गरेको उनले जानकारी दिए।

‘मन्त्रालयले पास दिने अनि उपत्यकाभित्र ल्याएर छाडिदिने, त्यसपछि हाम्रा वडाध्यक्ष–सदस्यहरू चाहिँ पछि–पछि लाग्दै उनीहरूलाई खोज्दै हिँड्नुपर्ने बाध्यताका कारण ठूलो समस्या भएको छ। यसरी जनप्रतिनिधिले लकडाउन उल्लंघन गर्दै वडा–वडामा आएर बस्नेलाई खोजेर हिँड्नु व्यवहारिक पनि हुँदैन। हामीले गृहमन्त्रीज्यूलाई प्रष्ट भनेका छौं,’ शाक्यले भने, ‘लकडाउन उल्लंघन गर्दै लुकिछिपी उपत्यका आउने र उपत्यकावासीलाई नै अशान्त बनाउने जो–कोहीलाई कानुनी दायरामा ल्याएर कारवाही गर्न सुझाव दिएका छौं। लुकिछिपी आउने मात्रै होइन, ल्याउनेलाई समेत कारवाहीको दायरामा ल्याउनुपर्छ भनेका छौं।’

जथाभावी पास दिनेसमेत निरुत्साहित गर्न सुझाव दिएको शाक्यले जानकारी दिए।

मेयर शाक्यले कोही काठमाडौं आउन अत्यावश्यक भए सम्बन्धित ठाउँबाट कोरोना परीक्षण गरेको प्रमाणपत्र देखाएर मात्रै आउने र आएर पनि क्वारेन्टाइनमा बस्नपर्ने व्यवस्था मिलाउन सुझाव दिएको जानकारी दिए।

Related Articles

Back to top button
Close