News

एक वर्षभित्र कोरोना विरुद्धको खोप तयार हुने

एजेन्सी । युरोपियन मेडिसिन एजेन्सीले एक वर्ष भित्र कोरोना भाइरस रोग विरुद्धको खोप तयार हुने दाबी गरेको छ । एजेन्सीले विकास भएका धेरै खोप परीक्षणमा रहेको र योजना अनुसार सफल भएमा अबको एकवर्ष भित्र कोरोना विरुद्ध को खोप तयार हुने बताएको हो । इएमए,जैविक स्वास्थ्य जोखिम र खोप रणनीति विभाग प्रमुख मार्काे काभालेरीले योजना अनुसार नै काम भइरहेको र यो क्रम चलिरहेमा एक वर्षभित्र खोप तयार भई प्रयोगका लागि अनुमति प्राप्त समेत हुने बताउनुभयो ।यसैबीच विभिन्न देश प्रमुखले कोरोना विरुद्धको खोप सबैका लागि निशुल्क हुनपर्ने बताएका छन् ।

दक्षिण अफ्रिकाका राष्ट्रपति क्रिल रमाफोसा र पाकिस्तानका प्रधानमन्त्री इमरान खानले खोपमा पेटेन्ट लगाउन नहुने र विज्ञानलाई साटासाट गर्नुपर्ने बताउनुभएको हो । १४० भन्दा बढी देशले खोप निशुल्क हुनुपर्ने भनी हस्ताक्षर गरेका छन् ।हस्ताक्षरीत पत्रमा खोपका सम्बन्धमा साझेदारी निकाय र देशहरुबीच कोरोना भाइरस रोग विरुद्धको सुरक्षित तथा प्रभावकारी खोप विकास भएपछि यसको उत्पादन दु्रत गतिमा हुनपर्ने र सबै राष्ट्रका प्रत्येक व्यक्तिले निशुल्क पाउनपर्ने ग्यारेन्टी हुनपर्ने उल्लेख गरिएको छ ।यस विषयमा नीति बनाउन विश्व स्वास्थ्य संगठनको विधानसभाको बैठक आगामि हप्ता बस्दैछ ।

Related Articles

Back to top button
Close