News

नेपालमा थप ९ जनामा कोरोना संक्रमणको पुष्टि, संक्रमितको संख्या २५८ पुग्यो

काठमाडौ, जेठ २ – नेपालमा कोरोना संक्रमितको संख्या दिनहुँ बढदै गएको छ । त्यस्तै आज शुक्रबार थप ९ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र भेरी अस्पताल नेपालगञ्जमा गरिएका परिक्षणमा थप ९ जनामा कोरोना पुष्टि भएको हो ।

मकवानपुर निवासी ३७ वर्षीय एक पुरुष र बाँके नैनापुर निवासी १८ र ३६ वर्षका आठ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सहप्रवक्ता डा। समिरकुमार अधिकारीका जानकारी दिए । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ५८ पुगेको छ ।

 

काठमाडौं। पछिल्लो कोरोना परीक्षण रिर्पोट अनुसार थप ९ जानमाक संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा संक्रमित संख्या २५८ पुगेको छ ।

मकवानपुरमा १ जना र बाँकेमा ८ जना संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

थप पुष्टि भएकामा मकवानपुरमा एक र बाँकेमा ८ जना रहेका छन् । जसमा मकवानपुर निवासी ३७ वर्षीय पुरूष, बाँकै नैनापुरा १,३ र ५ निवासी १८,२०,२२,२५,२५, २७, ३२, र ३६ वर्षका पुरूष रहेका छन् ।

Related Articles

Back to top button
Close