News

काठमाडौँ उपत्यकामा कोरोना परीक्षण जारी: ४ जनामा कोरोना आरडिटी पोजेटिभ !

काठमाडौँ – काठमाडौँ उपत्यकामा कोभिड–१९ को सङ्क्रमणको जोखिम हुन नदिन काठमाडौँ महानगरपालिकाले कोरोना परीक्षणलाई निरन्तरता दिएको छ ।

बिहीबार कालीमाटी तरकारी बजार विकास समितिमा कार्यरत कर्मचारी, थोकबिक्रेता, मजदूर तथा चालक गरी एक हजार ३४ को परीक्षण गरिएको थियो । ती मध्ये ७०० जनाको आरडिटी (र्यापिड डाइग्नोष्टिक टेष्ट) र ३३४ जनाको पिसिआर (पोलिमेयर चेन रियाक्सन) परीक्षण गरिएको हो ।

आरडिटी गरिएकामध्ये चार जनाको नतिजा पोजेटिभ देखिएको र पिसिआरको नतिजा आउन बाँकी रहेको महानगर, जनस्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रविलास बज्राचार्यले जानकारी दिए।

Related Articles

Back to top button
Close