News

घरबाहिर निस्किदा मास्क नलगाए २ लाख जरिवाना

काठमाडौं ,२ जेठ : कोरोना भाइरस संक्रमण दिनप्रतिदिन ह्वातै बढेपछि कतार सरकारले घर बाहिर निस्कंदा मास्क नलगाए कडा कारबाही गर्ने भएको छ। आउँदो आइतबारदेखि लागू हुने गरी गाडीमा चालक एक्लै यात्रा गर्दा बाहेक घरबाहिर जुनसुकै कामले निस्कँदा पनि मास्क अनिवार्य रुपमा लगाउनुपर्ने कतारको मन्त्रिपरिषद बैठकले निर्णय गरेको छ।
मास्क प्रयोग नगरेमा कानुनअनुसार तीन वर्ष जेल सजाय र दुई लाखसम्मको जरिवाना वा दुईमध्ये एक सजाय हुने निर्णयमा उल्लेख गरिएको छ ।
कतार सरकारको यो नियम पालना गर्न कतारमा कार्यरत सबै नेपालीलाई अनुरोध गरिएको कतारस्थित नेपाली दूतावासले जनाएको छ। अनुरोध गरेको छ। कतारले यसअघि निश्चित क्षेत्रमा मात्र अनिवार्य मास्क लगाउनुपर्ने व्यवस्था गरेको थियो।

बिहीबार मात्रै कतारमा १ हजार ७ सय ३३ नयाँ संक्रमण पुष्टि भएको छ। यो संख्या कतारमा एकै दिन संक्रमण पुष्टि भएको हालसम्मकै उच्च संख्या हो। अहिलेसम्म कतारमा २८ हजार २ सय ७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने १४ जनाले ज्यान गुमाएका छन् ।एजेन्सी

Related Articles

Back to top button
Close