News

भारतमा चीनभन्दा धेरै कोरोना संक्रमित, मृत्युदरमा भने चीन अगाडि

नयाँ दिल्ली : कोरोना भाइरस (कोभिड–१९) को सुरुवाती विन्दु चीनभन्दा भारतमा यसबाट संक्रमित हुनेको संख्या धेरै भएको छ। भारतमा चीनभन्दा १ हजार २८९ संक्रमित बढी भइसकेका हुन्।

शनिबार बिहानको तथ्यांकअनुसार भारतमा ८५ हजार ७८४ जना संक्रमित भइसकेका छन्। जसमध्ये २ हजार ७५३ ले ज्यान गुमाएका छन् भने ३० हजार २५८ निको भइसकेका छन्।

भारतमा संक्रमित संख्या बढी देखिए पनि मृत्युदर भने चीनभन्दा न्यून छ। चीनमा ५.५२ प्रतिशत मृत्युदर हुँदा भारतको भने ३.२१ प्रतिशत मृत्युदर रहेको छ।

गत डिसेम्बरको अन्तिमदेखि फैलिएको कोभिड–१९ बाट विश्वभर ४५ लाख ३४ हजार ९५२ संक्रमित भइसकेका छन्। त्यस्तै ३ लाख ७ हजार १९ ले ज्यान गुमाएका छन् भने १६ लाख ३३ हजार ३८९ निको भइसकेका छन्।

Related Articles

Back to top button
Close