News

तुलसीपुरका कोरोना संक्रमित टिचिङ अस्पतालका कर्मचारी, काठमाडौँमै रहेको खुलासा !

काठमाडौँ – शुक्रबार कोरोना संक्रमणको पुष्टि भएका दाङ तुलसीपुरका तीन जना मध्ये एक जना काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा कार्यरत रहेको खुलेको छ ।

तुलसीपुर उपमहानगरपालिका ७ का ३४ वर्षीय संक्रमित पुरुष लामो समय देखि काठमाडौँ बस्दै आएको र उनी महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा कार्यरत रहेको खुलेको बताइएको छ

संक्रमित महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा कार्यरत रहेको खुलेपनि उनी स्वास्थ्यकर्मी हुन् अथवा कर्मचारी हुन् भन्ने बारे पूरा विवरण खुलिसकेको भने छैन।

शुक्रबार कोरोना पुष्टि भएका ती व्यक्ति दाङ तुल्सीपुर ७ का स्थायी वासिन्दा भनिए पनि शिक्षण अस्पतालमा कार्यरत कर्मचारी रहेको र उनी काठमाडौंमै रहेको बुझिएको छ। तुल्सीपुर उपमहानगपालिका मेयर घनश्याम पाण्डेले उनी तुल्सीपुरकै वासिन्दा भएपनि उनी काठमाडौँमै रहेको पुष्टि गरिसकेका छन्।

Related Articles

Back to top button
Close