News

बागलुङकी एक युवतीमा डेंगु

बागलुङ : कोेरोना भाइरसको संकटका बीच बागलुङकी एक युवतीमा डेंगु संक्रमण देखिएको छ । छिमेकी जिल्ला म्याग्दीमा डेंगुको प्रकोप बढिरहेका बेला बागलुङमा एक जनलाई डेंगु देखिएको हो।

धौलागिरी अस्पताल बागलुङमा परीक्षणका क्रममा जैमिनी नगरपालिका–८ छिस्तीकी २३ वर्षीया युवतीमा डेंगु संक्रमण देखिएको धौलागिरी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेण्ट डा. शैलेन्द्र वि. पोखरेलले जानकारी दिए।

युवतीलाई ज्वरो आएपछि बैशाख २९ गते धौलागिरी असपताल बागलुङमा भर्ना गरिएको थियो । लामखुट्टेबाट सर्ने डेंगु रोगको लक्षण देखिएपछि डेंगु परीक्षण गरिएकोे डा.पोखरेलले जानकारी दिए।

युवतीको धौलागिरी अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्था सामान्य रहेको डा. पोखरेलको भनाइ छ । गत बर्षमा पनि बागलुङमा १० जनालाई डेंगुको संक्रमण देखिएको थियो ।

Related Articles

Back to top button
Close