News

मोरङमा बालिका बलात्कृत, २ पक्राउ

मोरङमा बालिका बलात्कृत, २ पक्राउ

 

 

मोरङमा एक बालिका बलात्कृत भएकी छन् । अर्की एक किशोरीमाथि भने बलात्कार प्रयास भएको उजुरी प्रहरीमा पुगेको छ । दुवै घटनामा संलग्नको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । ११ वर्षीया बालिका करणीको आरोपमा लेटाङ नगरपालिका–९, जाँतेका ४६ वर्षीय भद्रबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरेको छ । गाउँबाट खसीको मासु लिएर फर्कंदै गरेकी किशोरीमाथि कार्कीले करणी गरेको उजुरी परेको मोरङ प्रहरीले जनाएको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी लोकदर्शन थापाले कार्कीमाथि लागेको अभियोगबारे अनुसन्धान भइरहेको जनाए ।

यो पनि पद्नुहोस

काठमाडौँ, ३ जेठ – आज कोरोना भाइरसबाट थप तीन सङ्क्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा परीक्षणका क्रममा कपिलवस्तुका नयाँ तीन जनामा सङ्क्रमण देखिएको बताउनुभयो ।

नयाँ सङ्क्रमितमा कपिलवस्तु शिवराज नगरपालिका चन्द्रौटा निवासी २५, ३४ र ४४ वर्षीय पुरुष रहेका छन् । केहीबेरअघि बर्दिया, सिराहा, पर्सा र चितवनमा छ जनामा सङ्क्रमण देखिएको थियो । तीन जनामा सङ्क्रमण देखिएसँगै सङ्क्रमितको संख्या २७६ पुगेको छ । हिजो शुक्रबार मात्र १८ सङ्क्रमित देखिएका थिए । मन्त्रालयका सहप्रवक्ता डा अधिकारीका अनुसार सङ्क्रमितको अवस्था सामान्य र स्वास्थ्यकर्मीको निगरानीमा रहेका छन् ।(रासस)

 

 

Related Articles

Back to top button
Close