News

बलिउड अभिनेता अक्षय कुमारका भाइ सचिनको ४२ बर्षको उमेरमा निधन

भारतिय कलाकार सचिन कुमारको निधन भएको छ । उनको हृदयघातका कारण निधन भएको हो । उनि भारतिय सिरियल ‘कहानी घर का घरकी’का केन्द्रिय पात्र समेत रहेको थिए ।

उनको निधनको खबरले बलिउड शोकमा डुबेको छ । फोटोग्राफर रहेका उनि बलिउ अभिनेता अक्षय कुमारका भाइ समेत रहेका छन् ।

टेलिसिरयल कहानी घर घरकी सन् २००० प्रसारणभउको थियो त्यस सिरियलमा उनि ८ वर्ष सम्म काम गर्दै आएका थिए । source sangit darpan.com

यो पनि पद्नुहोस

काठमाडौँ । आज कोरोना भाइरसबाट थप तीन सङ्क्रमित फेला परेका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा परीक्षणका क्रममा कपिलवस्तुका नयाँ तीन जनामा सङ्क्रमण देखिएको बताए ।

नयाँ सङ्क्रमितमा कपिलवस्तु शिवराज नगरपालिका चन्द्रौटा निवासी २५, ३४ र ४४ वर्षीय पुरुष रहेका छन्।

केहीबेरअघि बर्दिया, सिराहा, पर्सा र चितवनमा छ जनामा सङ्क्रमण देखिएको थियो। तीन जनामा सङ्क्रमण देखिएसँगै सङ्क्रमितको संख्या २७६ पुगेको छ। हिजो शुक्रबार मात्र १८ सङ्क्रमित देखिएका थिए।

मन्त्रालयका सहप्रवक्ता डा अधिकारीका अनुसार सङ्क्रमितको अवस्था सामान्य र स्वास्थ्यकर्मीको निगरानीमा रहेका छन्।

 

 

Related Articles

Back to top button
Close