News

कोरोनासँग मिल्दो लक्षण देखिएकी महिलाको मृत्युपछि धुलिखेल अस्पताल ‘सिल’ !

धुलिखेल । काभ्रेको धुलिखेल अस्पतालमा कोरोना भाइरसको संक्रमणसँग सम्बन्धित लक्षण देखिएकी एक सुत्केरीको मृत्यु भएपछि अस्पतालमा अत्यावश्यक सेवाबाहेकका अन्य सेवा बन्द गरिएको छ । सिन्धुपाल्चोकको बाह्रबिसेकी ३० वर्षीया सुत्केरीको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो ।

कोरोना संक्रमणको आशंका गरिएकाले उनको मृत्युपछि अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको छ । ती महिलाको काठमाडौं महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा एकहप्ताअघि बच्चा जन्माएकी थिइन ।

घर फर्किएपछि कोरोना भाइरसको जस्तो लक्षण देखिएको र उनलाई उपचारका लागि धुलिखेल अस्पतालमा लगिएको थियो । अस्पतालमा भर्ना गरेर उपचार थालिएसँगै उनको मृत्यु भयो ।

कोरोनासँग मिल्दो लक्षण देखिएकाले अहिले अस्पतालमा अत्यावश्यक बाहेकका सेवा बन्द गरेर स्वाब परीक्षण अघि बढाइएको अस्पताल प्रशासनले जनाएको छ ।

काभ्रेका प्रहरी उपरीक्षक रविकुमार पौडेलले एक बिरामीको मृत्यु भएपछि सावधानी अपनाइएको जानकारी दिएका छन् ।

Related Articles

Back to top button
Close