News

नेपालमा कोरोना भाइरसका कारण पहिलो पटक २९ वर्षीया महिलाको मृत्यु

काभ्रे । नेपालमा कोरोना भाइरसका कारण पहिलो पटक २९ वर्षीया महिलाको मृत्यु भएको छ । सिन्धुपाल्चोक घर भएकी एक सुत्केरीको कोरोनाकै कारण मृ’त्यु भएपछि धुलिखेल अस्पताल सिल गरिएको छ ।

श्वास्प्रश्वासमा समस्या देखिएपछि उहाँलाइ बिहीबार अस्पताल पुर्याइएको थियो । कोरोनाकै उपचारका लागि तोकिएको अस्पतालमा सिन्धुपाल्चोकबाट ल्याएकी २९ वर्षीय महिलाको उपचारको क्रमममा बिहीबार राति मृ’त्यु भएको अस्पतालका फोकल पर्सन नरेन्द्र झाले बताउनुभयाे ।

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-९ घर भएकी २९ वर्षीया महिलाले ९ दिनअघि त्रिवि शिक्षण अस्पतालमा बच्चा जन्माउनुभएकाे थियाे । अस्पतालबाट घर फर्किएपछि श्वासप्रश्वासमा समस्या देखिएर उहाँलाइ धुलिखेल अस्पताल लगिएको थियो ।

उहाँकाे थ्रोड स्वाब संकलन गरेर परीक्षण गर्दा कोरोना पोजेटिभ पाइएको हो । त्रिवि शिक्षण अस्पतालमा सुत्केरी भएर गएकी महिलाको कोरोनाकै कराण मृ’त्यु भएपछि त्रिवि शिक्षण अस्पताल महाराजञ्जमा पनि थप सतर्कता अपनाइएको छ।

Related Articles

Back to top button
Close