मृतक सुत्केरीका परिवारको स्वाब संकलन गरियो, पीसीआर परीक्षण हुँदै !
काठमाडौँ – कोरोनाका संक्रमणका कारण मृत्यु भएको आशंका गरिएकी सिन्धुपाल्चोककी सुत्केरी महिलाका परिवारको स्वाब संकलन गरिएको छ। शनिबार मृतकको श्रीमान, सासु र नन्दको स्वाब संकलन गरिएको हो।
धुलिखेल अस्पताल तस्विर: सौगात सिंग
स्वास्थ्य मन्त्रालय श्रोतका अनुसार मृतक श्रीमान, सासु र नन्दको स्वाब संकलन गरिसकिएको छ भने पीसीआर प्रविधिबाट कोरोना परिक्षणको तयारी गरिएको छ।
यो पनि पद्नुहोस
: डोल्पा बिष पिएर एक जनाको मृत्यु भएको छ। दुई जनालाई भने उपचारका लागि सुर्खेत लगिएको छ। त्रिपूरा सुन्दरी नगरपालिका-१ का ३५ वर्षीय शुकलाल कुलालको बिष पिएर शनिबार मृत्यु भएको हो। उनीसँगै बिष पिएर अर्धचेत रहेका रुप्सी कुलाल र बिन्दु कुलाललाई थप उपचारका लागि सुर्खेत लगिएको हो।
उपचारका क्रममा उनीहरुको होस नखुलेपछि सुर्खेत पठाइउको जिल्ला स्वास्थ्य सेवा प्रमुख डाक्टर सिजन रावलले जानकारी दिए। खानाखाने क्रममा बिष खाएर अचेत भएपछि आफन्तले जिल्ला अस्पताल लगेका थिए। श्रीमानको मृत्यु भए पनि अन्य दुई जनाको होस खुल्न नसकेपछि हेलिकप्टरमा सुर्खेत पठाइएको हो।
काइके गाँउपालिकाका फुर्वा लामाले चार्टर गरेर ल्याएको माउण्टेन एयरको हेलिकप्टरमा उनीहरुलाई गृह मन्त्रालयको आग्रहमा निःशुल्क सुर्खेत पठाउन सफल भएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिए।
आफन्तले खाना खाने बित्तिकै तिनैजना अचेत भएको बताएका छन्। खानामा कसैले बिष राखेको वा खाएको भन्ने खुल्न सकेको छैन। हेलिकप्टरमा टाउकोमा गम्भीर चोट लागेका ठुलीभेरी नगरपालिका ५ का ५ वर्षीय बालक रामप्रसाद रोकायालाई समेत सुर्खेत पठाइएको छ। भिरबाट लडेर टाउको फुटेपछि उनी अचेत थिए।