News

‘डाक्टरहरूको व्यवहार देख्दा रून मन लाग्छ’

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पताल परिसरमा दुइटा प्लाष्टिक कुर्सी जोडेर एक जना बालकलाई सुताइएको छ।
जहाँ बालकका बुवा र वृद्ध हजुरबुवा चित्र कँडेल बालकलाई हेरेर बसिराखेका छन्। बालक घरिघरि खोक्छन्, उनका बाबुले पानी पिलाउँछन्।

बाग्लुङको ताराखोला गाउँपालिकाका ६ वर्षीय बालक होमराज कँडेलको आँत विगत एक सातादेखि तातेको छ। गाउँकै स्वास्थ्य चौकीमा उपचार गराउँदा उनलाई निको भएन। त्यसपछि गाउँनजिकैको आरोग्य अस्पतालामा लगे। त्यहाँ सबै चेक गर्दा निमोनिया भएको आशंकासहित अस्पतालले गण्डकी प्रदेशकै ठूलो निजी अस्पताल मणिपाल शिक्षण अस्पताल ‘रिफर’ गर्‍यो।

मणिपाल अस्पतालले पनि भर्ना नलिई उल्टै सरकारी अस्पतालमा ‘रिफर’ गरिदियो।मणिपालले रिफर गरिदिएको अस्पताल गण्डकी प्रदेशकै ठूलो सरकारी अस्पताल हो।पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालसम्म एम्बुलेन्समा बिहीबार राति पुगेका बालक होमराजको अस्पतालले भर्ना नै गरिदिएन। अस्पतालभित्र पनि बस्न पाएनन्।रात बाहिर खुला आकाशमुनि कटाए। ज्वरो र खोकीले ग्रस्त बालक ६ दिनदेखि पानीमात्र खाएका छन्।

Related Articles

Back to top button
Close