News

भर्खरै नेपालमा १० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २९१ पुग्यो

काठमाडौँ । आज नेपालमा कोरोना भाइृर (कोभिड १९) का १० बिरामी थपिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँमा गरिएको परीक्षणमा नेपालको रौतहटका १० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २९१ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार नयाँ पुष्टि भएका १० जना रौतहटको राजपुर नगरपालिका फरहदा–९ निवासी १८, ३२, ३६, ३९, ३९, ४२, ४८ वर्षीय पुरुषहरु रहेका छन् ।

यस्तै, रौतहटकै इशनाथ नगरपालिका ३ र ५ नम्बर वडाका २८, ३० र ३३ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

हिजो नेपालमा कोरोनाको संक्रमणबाट एक महिलाको ज्यान गएको छ । संक्रमित मध्ये हालसम्म ३६ जना उपचारपछि घर फर्किसकेका छन् ।

Related Articles

Back to top button
Close